जीवन विकास लघुवित्त वित्तीय संस्था लि.
JEEVAN BIKAS LAGHUBITTA BITTIYA SANSTHA LTD.
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था)
कटहरी-२, मोरङ्ग, कोशी प्रदेश
सम्पर्क : ९८०२७७६११६
विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते)
यस वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८३/०२/२५ गते सोमवार बसेको १४४औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको विशेष साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ असार १० गते बुधवार (तदनुसार २४ जुन, २०२६)
समय : बिहान १०:३० बजे ।
स्थान : वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी २, मोरङ्ग ।
छलफलका विषयहरु:
क) विशेष प्रस्तावहरु
- यस जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कटहरी मोरङ्ग, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर बाँके र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, बनेपा काभ्रेपलाञ्चोक बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा हालसम्म गरिएको काम कारबाही, निर्णय, खर्च रकम र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (Due Diligence Audit-DDA) प्रतिवेदनको आधारमा संयुक्त मर्जर समितिको सिफारिसमा सञ्चालक समितिले निर्धारण गरेको शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) सहित गाभ्ने/गाभिने (Merger) सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा तयार गरिएको अन्तिम सम्झौता पत्र र व्यवसायिक योजना तथा प्रक्षेपण (Business Plan and Projection) स्वीकृत गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा यस संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने लगायतका कार्य सम्पन्न गर्न र प्रबन्धपत्र तथा नियमावलीमा सभाबाट भएको संशोधन प्रस्तावमा नियमनकारी निकायबाट निर्देशन भएमा सोही बमोजिम संशोधन हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
ख) विविध
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
विशेष साधारण सभा सम्बन्धमा अन्य थप जानकारी :
- विशेष साधारण सभा प्रयोजनका लागि मिति २०८३/०३/०३ गते १ दिन वित्तीय संस्थाको शेयर दाखिल खारेज बन्द (Book Close) रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०३/०२ गतेसम्म कारोबार भई प्रचलित कानून अनुसार तोकिएको समयावधि भित्र यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार श्री एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाण्डौमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन पाउनेछन् ।
- विशेष साधारण सभामा भाग लिन आउने शेयरधनी महानुभावहरुले आफ्नो हितग्राही परिचय नं. वा आफ्नो परिचय खुल्ने कुनै आधिकारिक परिचयपत्र साथमा लिएर आईदिनुहुन अनुरोध छ । संगठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा संगठित संस्थाबाट प्रतिनिधि नियुक्त गरिएको आधिकारिक पत्र लिई आउनुपर्नेछ ।
- सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरुले सभा हुने स्थानमा रहेको उपस्थिति पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । शेयरधनी उपस्थिति पुस्तिका सभा हुने दिन बिहान ९:०० बजेदेखि खुल्ला रहनेछ । विशेष साधारण सभामा भाग लिन आउने शेयरधनीहरुले सभासँग सम्बन्धित कागजात बाहेक कुनै झोला, पोका वा अन्य सामाग्री नलिई आउनु हुन अनुरोध छ ।
- नाबालक शेयरधनीहरुको तर्फबाट संरक्षक (शेयरधनीको दर्ता किताबमा उल्लेखित) ले सभामा भाग लिन, छलफल गर्न, प्रतिनिधि नियुक्त गर्न र मत दिन समेत सक्नेछन् ।




