कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको छ। बैंकले सर्वसाधारणका लागि न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकी सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूले सम्पूर्ण कित्ता खरिदका लागि आज फागुन २१ गतेदेखि २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
बैंकले यस सेयर बिक्री प्रक्रियामा सहभागी हुन चाहने लगानीकर्ताहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिन अनुरोध गरेको छ।





