·

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदनको अन्तिम दिन आज: १० वर्षे डिबेन्चरमा आकर्षक ब्याजदर

Author

Nepse trading

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदनको अन्तिम दिन आज: १० वर्षे डिबेन्चरमा आकर्षक ब्याजदर

एभरेष्ट बैंकले फागुन १८ गतेदेखि बिक्री खुला गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज फागुन २३ गते शुक्रबार रहेको छ। प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गरिएको छ, जसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला छ। आज कार्यालय समयभित्र सी–आस्वा सदस्य बैंक वा मेरो सेयरमार्फत आवेदन गर्न सकिनेछ।

‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ नामको यो ऋणपत्र १० वर्ष अवधिको छ र वार्षिक ७.५०% ब्याजदर प्रदान गर्नेछ। न्यूनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन गर्न सकिन्छ। कुल इकाईमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले लिएको छ।

Related News