विशेष साधारणसभा सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०४/२७
आदरणीय शेयरधनी महानुभावहरु,
यस लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको मिति २०८३/०४/२५ गते बिहान ११ बजे बसेको ५० औं संचालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको विशेष साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल गरि निर्णय गर्नका लागि बस्ने भएको हुँदा शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अतः यसै सूचनालाई आधार मानी उक्त विशेष साधारण सभामा सम्पूर्ण शेयरधनीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
विशेष साधारणसभा हुने मिति, समय र स्थान
मिति:- २०८३ साल भाद्र १६ गते मंगलबार (०१ सेप्टेम्बर, २०२६)
स्थान:- न्यूरोड-०८,पोखरा,कम्पनीको प्रधान कार्यालय
समय:- दिउँसो १ बजे
विशेष साधारण सभाको प्रस्तावहरु
- संचालक समिति गठन (निर्वाचन) सम्बन्धमा ।
- स्वतन्त्र संचालकको नियुक्ती सम्बन्धमा ।
- विविध ।
आज्ञाले
कम्पनी सचिव
विशेष साधारण सभा सम्बन्धि जानकारी
- शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र लिई आउन अनुरोध गरिन्छ ।
- सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले प्रतिनिधि (प्रोक्सी) फारम सभा हुने दिन भन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराई सक्नु पर्नेछ । एक जना शेयरधनीले एक जना भन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त भएको पाइएमा सबैभन्दा पहिला कम्पनीमा दर्ता भएको प्रतिनिधि (प्रोक्सी) मात्र मान्य हुनेछ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि (प्रोक्सी) बदर नगरी कुनै शेयरधनीले सभामा भाग लिन चाहेमा भाग लिन सक्नु हुनेछ तर मतदान गर्न पाउनु हुने छैन ।
- हाजिर पुस्तिका बिहान १० बजे देखि उपलब्ध रहनेछ ।
- सभा सम्बन्धि अन्य विस्तृत जानकारीको लागि कम्पनीको केन्द्रीय कार्यालय न्यूरोड-८, पोखरामा वा बागमती प्रदेश कार्यालय, थापाथली, काठमाडौँमा वा मोबाइल नम्बर ९८०२३५९३७९ मा कार्यालय समय भित्र सम्पर्क गर्न सक्नुहुनेछ ।
- निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालय, कम्पनीको प्रादेशिक कार्यालय, काठमाडौँमा हुनेछ र निर्वाचन कार्यक्रम तालिका मिति २०८३/०५/०३ गते प्रकाशन गरिनेछ । थप जानकारीका लागि निर्वाचन अधिकृतको कार्यालय, कम्पनीको प्रादेशिक कार्यालय, काठमाडौँमा सम्पर्क गर्न सक्नुहुनेछ ।



