बीमालेखहरूको चुक्ता, जिवीत लाभ र पूर्ण परिपक्व लाभ
(Paid up/ Survival Benefit / Maturity Benefit)
रकम लिन आउनुहुन अनुरोध
प्रकाशित मिति : २०८३/०६/१६
यस कम्पनीमा बीमा गर्नु भएका आदरणीय बीमितहरूको बीमालेखहरू विभिन्न मितिहरूमा परिपक्व भएको र विगत लामो समय देखि उक्त बीमालेखहरूको चुक्ता, जिवीत लाभ र पूर्ण परिपक्व लाभ (Paid up/Survival Benefit/Maturity Benefit) रकम भुक्तानी हुन नसकी बाँकी रहन गएकोले उक्त दाबी रकम प्राप्त गर्नको लागि आफूसँग भएको सक्कल बीमालेख, नागरिकताको प्रतिलिपी, रद्द गरिएको चेक (Cancelled Cheque) को प्रतिलिपीको साथै अन्य आवश्यक कागजात सहित आफूलाई पायक पर्ने यस कम्पनीको कुनै पनि शाखा, उपशाखा कार्यालयमा सम्पर्क राखी आफ्नो दाबी भुक्तानी रकम लिनुहुन हामी हाम्रा सम्बन्धित बीमितहरू एवं कानूनी हकवालाहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौं ।



