माछापुच्छ्रे क्यापिटल लिमिटेडको
सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/०१ गते)
श्री शेयरधनी महानुभावहरु,
यस माछापुच्छ्रे क्यापिटल लिमिटेडको मिति २०८३/०४/२१ मा बसेको संचालक समितिको ९९औं बैठकको निर्णयानुसार यस कम्पनीको सातौं वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नका लागि निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि अनुरोध गर्दछु ।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०५/२४ गते (सेप्टेम्बर ०९, २०२६), बुधबार ।
समय : दिनको १२ : ३० बजे ।
स्थान : बालुवाटार प्यालेस ब्यांक्वेट, गैह्रीधारा, बालुवाटार, काठमाडौं ।
छलफलका विषयहरु :
(क) सामान्य प्रस्तावहरु:
१) आर्थिक वर्ष २०८२/८३ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित क्यापिटलको २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४) संचालक समितिले प्रस्ताव गरे बमोजिम रु.२,००,४३,७६५/- (दुई करोड त्रिचालिस हजार सात सय पैंसट्ठी रुपैयाँ) बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) अर्थात चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश (लाभांश कर सहित) प्रदान गर्न स्वीकृत गर्ने ।
(ख) विशेष प्रस्ताव :
(ग) विविध प्रस्ताव :
सातौं वार्षिक साधारण सभा सम्बन्धी थप जानकारीहरु :
शेयरधनी महानुभावहरुलाई शेयरधनीको दर्ता किताबमा कायम रहेको इमेल ठेगानामा कम्पनीको सातौं वार्षिक साधारण सभा बस्ने जानकारी पत्रका साथै वार्षिक प्रतिवेदन पुस्तिकाको विद्युतीय प्रति पठाउने व्यवस्था गरिएको छ । कुनै कारणवश उक्त पुस्तिका नपाउनु भएमा क्यापिटलको केन्द्रीय कार्यालय, बागदरबार, काठमाडौंबाट प्राप्त गर्न सक्नु हुनेछ ।
अन्य जानकारीको लागि क्यापिटलको केन्द्रिय कार्यालय, बागदरबार, काठमाडौंमा सम्पर्क राख्नु हुन अनुरोध छ ।
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव



