·

महुली लघुवित्तको १२औं साधारण सभा आज, लाभांश नदिने

Author

Nepse trading

महुली लघुवित्तको १२औं साधारण सभा आज, लाभांश नदिने

महुली लघुवित्तको १२औं वार्षिक साधारण सभा आज फागुन २३ गते महुली, सप्तरीमा बिहान ११ बजे बस्दै छ। सभामा लाभांश प्रस्ताव नराखिएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने यसअघि नै घोषणा गरिसकेको छ।

सभाले प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नाफा-नोक्सानबारे छलफल गर्ने र २०८१–८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने एजेन्डा अघि सारेको छ। फागुन ९ गते बुक क्लोज भएकाले फागुन ८ सम्मका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।

Related News