·

महुली लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदै

Author

NEPSE trading

महुली लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदै

महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) भोलि शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले दिएको जानकारी अनुसार बाँडफाँट कार्यक्रम बिहान १०:३० बजे नयाँ बानेश्वर, काठमाडौंस्थित कार्यालयमा आयोजना हुनेछ।

एफपीओमा ५२.३४ गुणा बढी आवेदन परेकोले सेयर हात पार्न गोलाप्रथाको सहारा लिनुपर्ने भएको छ। महुलीले ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन गर्दा १७ लाख ५८ हजार ८५३ जनाले आवेदन दिएका थिए। आवेदनका क्रममा २ करोड ४८ लाख ८५ हजार ८४० कित्ता माग भएको थियो।

यो एफपीओमा ४७ हजार ५४५ जनाले मात्र सेयर पाउनेछन् भने बाँकी १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुनेछ।

कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ, जसले यसलाई मध्यम वित्तीय सुरक्षासहितको प्रस्तावना रहेको जनाउँछ।

महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले गोलाप्रथामार्फत निष्कासन प्रक्रिया सम्पन्न गर्नेछ।

Related News