NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. Manipulations in the Stock Market
    शेयर बजारमा हुने चलखेल
    Education
    2 min read
    Published on June 15, 2024
    NEPSE trading

    शेयर बजारमा हुने चलखेल Manipulations in the Stock Market

    शेयर बजारमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिममा पार्न सक्छ। यस्ता जोखिमलाई नखाम्न सकेमा हामी कहिल्यै पनि बजारमा फर्किन नसक्ने गरी घाटा व्यहोर्नुपर्ने अवस्थामा पुग्छौं। त्यसैले यस्ता चलखेलको शिकार हुनबाट बच्न केही रणनीतिहरू अपनाउनु पर्छ।

    यस्ता चलखेलको उपचार खोज्नुभन्दा रोकथामका उपाय गर्नु उचित हुन्छ। धितोपत्र बोर्ड (सेबोन) र स्टक एक्सचेन्ज (नेप्से) ले यस्ता चलखेल रोक्ने प्रयास गरेका छन्। तर उनीहरूकै मात्र भर पर्नुहुँदैन। त्यसैले शेयर बजारमा हुने केही चलखेल र बच्ने उपायहरू तल दिइएको छ:

    १. पम्प एन्ड डम्प

    पम्प एन्ड डम्प खेलमा योजनाकारहरूले बजारमा गलत हल्ला फैलाएर शेयरको मूल्य कृत्रिम रूपमा बढाउँछन्। मूल्य बढेपछि उनीहरूले आफ्नो शेयर बेच्छन्। बेचिसकेपछि शेयरको मूल्य घट्न थाल्छ।

    बच्ने उपाय: सामाजिक सञ्जाल, अनधिकृत अनलाइन पोर्टल वा साथीभाइले दिने सुझावको छड्के जाँच गर्नुहोस्। कुनै पनि कम्पनीमा लगानी गर्नुअघि राम्ररी अनुसन्धान गर्नुहोस्, प्रचारप्रसार वा अफवाहको पछि नलाग्नुहोस्।

    २. इन्साइडर ट्रेडिङ

    कम्पनीसँग सम्बन्धित व्यक्ति (खासगरी उच्च तहमा रहेका पदाधिकारी) बाट गोप्य सूचना लिएर सोही अनुसार शेयर किनबेच गरी नाफा कमाउने कार्यलाई इन्साइडर ट्रेडिङ भनिन्छ।

    बच्ने उपाय: आधिकारिक रूपमा सार्वजनिक नगरिएका सूचनाका आधारमा शेयर किनबेच नगर्नुहोस्। इन्साइडर ट्रेडिङ सम्बन्धी नियम–कानून बारे जानकारी लिनुहोस्। नियामक निकायलाई संदिग्ध गतिविधिबारे रिपोर्ट गर्नुहोस्।

    ३. अनलाइन कारोबार र ह्याकिङ

    ह्याकरहरूले अनलाइन ट्रेडिङ खाताहरूमा अनधिकृत पहुँच प्राप्त गरी अनधिकृत कारोबार वा रकम निकाल्न सक्छन्।

    बच्ने उपाय: आफ्नो अनलाइन ट्रेडिङ खाताहरूको लागि बलियो पासवर्डहरू प्रयोग गर्नुहोस्। सार्वजनिक वा अरूले प्रयोग गर्ने उपकरणबाट कारोबार नगर्नुहोस्। नियमित रूपमा आफ्नो खाता निगरानी गर्नुहोस् र कुनै पनि संदिग्ध लेनदेन तुरुन्तै रिपोर्ट गर्नुहोस्।

    ४. स्टक कर्नरिङ

    कुनै व्यक्ति वा समूह मिलेर कुनै कम्पनीको शेयर थुपार्ने र बजारमा अभाव सिर्जना गरी मूल्य बढाउने वा कम्पनीको शेयरको माग अत्यधिक छ भन्ने देखाउन कृत्रिम खरिद आदेश गर्ने कार्यलाई स्टक कर्नरिङ भनिन्छ।

    बच्ने उपाय: तपाईंको वित्तीय लक्ष्य अनुसारको प्रतिफल निकाल्ने कम्पनीको शेयरमा मात्र लगानी गर्नुहोस्। लक्ष्यभन्दा शेयरको मूल्य माथि जाँदैछ र त्यसरी मूल्य बढ्नुपर्ने कुनै कारण छैन भने उक्त शेयर बेच्नु बुद्धिमानी हुन्छ।

    सामान्य बच्ने उपायहरू

    १. लगनशीलता: सधैं लगनशील भएर कारोबार गर्नुहोस्। विज्ञको सल्लाह लिनुहोस् र लगानी उपकरण (धितोपत्रहरू) तथा नियम–कानूनबारे आफैंलाई शिक्षित गर्नुहोस्।

    २. लोभबाट बच्न: बजार बढ्दा लोभ बढ्छ भन्ने चेतावनीको संकेत हो। यस्तोमा थप जाँचबुझ गर्नुपर्छ।

    ३. रिपोर्ट गर्नुहोस्: संदिग्ध गतिविधिबारे सम्बन्धित नियामकलाई रिपोर्ट गर्नुहोस्।

    यी रणनीतिहरू अनुसरण गरी र अनुशासित रुपमा लगानी गरेर, तपाईं शेयर बजारमा हुने चलखेलबाट बच्न सक्नुहुन्छ र जानकार निर्णयहरू गर्न सक्नुहुन्छ।

    Manipulations in the stock market can pose significant risks to investors. Failing to navigate these risks can lead to substantial losses that may discourage us from returning to the market. Therefore, it is essential to develop strategies to protect ourselves from such manipulations.

    Preventive measures are more effective than searching for remedies after falling prey to manipulations. While the Securities Board of Nepal (SEBON) and the Nepal Stock Exchange (NEPSE) attempt to curb these manipulations, relying solely on them is not enough. Here are some common manipulations in the stock market and ways to avoid them:

    1. Pump and Dump

    In a pump and dump scheme, manipulators artificially inflate a stock's price by spreading false rumors. Once the price increases, they sell off their shares. After they have sold, the stock's price starts to fall.

    How to avoid it: Verify information from social media, unauthorized online portals, or friends. Conduct thorough research on any company before investing, and do not follow promotions or rumors blindly.

    2. Insider Trading

    Insider trading involves trading a company's shares based on confidential information from insiders, such as executives, directors, or employees. This practice can significantly impact the market unfairly.

    How to avoid it: Do not trade based on non-public information. Educate yourself on insider trading laws and report any suspicious activities to regulatory authorities.

    3. Online Trading and Hacking

    Hackers may gain unauthorized access to online trading accounts to conduct unauthorized transactions or withdraw funds.

    How to avoid it: Use strong, unique passwords for your online trading accounts. Avoid conducting transactions on shared computers, mobile devices, or other public equipment. Regularly monitor your account and report any suspicious transactions immediately.

    4. Stock Cornering

    Stock cornering occurs when an individual or group buys up a significant amount of a company's shares to create a shortage and drive up the price or to make it appear that the demand for the stock is high through artificial buy orders.

    How to avoid it: Invest only in companies that align with your financial goals. If a stock's price is rising beyond reasonable expectations without any justifiable cause, it may be wise to sell.

    General Tips to Avoid Market Manipulations

    1. Be Diligent: Always conduct your transactions diligently. Seek advice from experts and educate yourself about the investment instruments (securities) and the relevant laws and regulations.

    2. Avoid Greed: Recognize that a rapidly rising market is a warning sign of potential greed. This is a time to conduct further investigation.

    3. Report Suspicious Activities: Report any suspicious activities to the relevant regulatory authorities.

    By adhering to these strategies and maintaining a disciplined approach to investing, you can protect yourself from manipulations in the stock market and make informed investment decisions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026