नोट: मिति २०८३/०२/२३ गते शनिबार नागरिक दैनिकमा प्रथम पटक प्रकाशित सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाको साधारण प्रस्तावमा एउटा बुँदा थप गरि संशोधन सहित प्रकाशन गरिएको ।
सातौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिति २०८३/०२/२६ गते मंगलवार, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक श्री आदरणीय शेयरधनी महानुभावज्यूहरु,
यस मानुषी लघुवित्त वित्तीय संस्था लि. को संचालक समितिको मिति २०८३ जेष्ठ २२ गते बसेको १०८ औं बैठकको निर्णय बमोजिम यस वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा (आ.व. २०८१/०८२) देहाय बमोजिमका प्रस्तावहरु माथि छलफल तथा निर्णय गर्नका लागि निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने मिति, समय र स्थान:
सभा हुने मिति : २०८३ साल आषाढ १३ गते, शनिबार (तदनुसार जुन २७, २०२६)
सभा हुने समय : बिहान १०:३० बजे ।
सभा हुने स्थान : होटल उग्रचण्डी, बनेपा नगरपालिका वडा नं. ७, काभ्रेपलाञ्चोक ।
सातौं वार्षिक साधारण सभाको छलफलका विषयहरु:
(क) साधारण प्रस्तावहरु:
- आ.व. २०८१/२०८२ को सातौं वार्षिक साधारणको लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८२ आषाढ मसान्तको वासलात, आ.व. २०८१/२०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गरी नियुक्ति गर्ने सम्बन्धमा ।
- विविध ।
(ख) विशेष प्रस्तावहरु:
- यस वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कटहरी मोरङ्ग र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर बाँके बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा हालसम्म गरिएको काम कारबाही, निर्णय, खर्च रकम र लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (Due Diligence Audit-DDA) प्रतिवेदनको आधारमा संयुक्त मर्जर समितिको सिफारिसमा सञ्चालक समितिले निर्धारण गरेको शेयर आदान प्रदान अनुपात (Share SWAP Ratio) सहित गाभ्ने/गाभिने (Merger) सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा तयार गरिएको अन्तिम सम्झौता पत्र र व्यावसायिक योजना तथा प्रक्षेपण (Business Plan and Projection) स्वीकृत गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने लगायतका थप कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
सातौ वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी:
- सातौ साधारण सभा तथा साधारण सभामा मतदान गर्ने प्रयोजनका लागि यस वित्तीय संस्थाको मिति २०८३ आषाढ ०३ गते एक दिनका लागि शेयर दाखिला खारेज दर्ता बन्द रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३/०२/३१ गते सम्म कारोबार भई संस्थाको शेयर रजिष्ट्रार नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लि. कमलादी, काठमाण्डौमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न, बोनस शेयर तथा लाभांश पाउन योग्य हुनेछन् ।
- साधारण सभामा भाग लिन नसक्ने र प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले सम्बन्धित समूहकै शेयरधनीको नाममा प्रतिनिधि पत्र (प्रोक्सी फारम) भरी केन्द्रीय कार्यालय बनेपा न.पा. वडा नं. १३, भैंसेपाटी, काभ्रेपलाञ्चोकमा सभा शुरु हुनु भन्दा कम्तीमा १६ घण्टा अगाडी दर्ता गराई सक्नुपर्ने छ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति वित्तीय संस्थाको सम्बन्धित समूहकै शेयरधनी भएको हुनुपर्ने छ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्ति गरिसक्नु भएका शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा हस्ताक्षर गरेमा यस अघि दिएको प्रोक्सी स्वतः बदर हुनेछ ।
- साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले शेयर हितग्राही (डिम्याट) खाता नम्बर र आफ्नो परिचय खुल्ने फोटो सहितको आधिकारिक परिचय पत्र वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई उपस्थित हुन अनुरोध छ । साथै सभा स्थलमा आउँदा झोला वा अन्य कुनै प्रकारको वस्तु नलिई आउनुहुन अनुरोध गरिन्छ ।
- शेयरधनी महानुभावहरुलाई शेयरधनी दर्ता किताबका लागि संस्थाको केन्द्रीय कार्यालय बनेपा-१३, भैंसेपाटी, काभ्रेपलाञ्चोक र नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लि. कमलादी, काठमाण्डौमा सम्पर्क गर्नुहुन तथा वित्तीय संस्थाको वेवसाईट https://manushilbs.com बाट समेत प्राप्त गर्न सकिनेछ ।
- प्रतिनिधि मुकरर गर्दा सम्पूर्ण शेयरको प्रतिनिधि एकै व्यक्तिलाई गर्नुपर्दछ । एकै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि मुकरर गरेरमा जुन प्रोक्सी वित्तीय संस्थाको रजिष्टर्ड कार्यालयमा पहिला प्राप्त भई दर्ता हुन्छ सो मात्र मान्य हुनेछ । प्रतिनिधि मुकरर गर्दा आफ्नो सम्पूर्ण शेयरको प्रोक्सी नियुक्त नगरी केही शेयर आफै राखि सभामा स्वयम् शेयरधनी उपस्थित भएमा उक्त मुकरर गरिएको प्रतिनिधि स्वतः बदर हुनेछ । प्रतिनिधि मुकरर गरिएको शेयरको प्रोक्सी नियुक्ति बदर गरिपाउँ भनी शेयरधनीले निवेदन पेश गरिएको अवस्थामा उक्त शेयरधनी स्वयम् उपस्थित नभएमा समेत उक्त मुकरर गरिएको प्रतिनिधि स्वतः बदर हुनेछ । भने पछिल्लो प्रतिनिधि कायम हुनेछ ।
- सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरुले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत वा हस्ताक्षर गर्नुपर्ने छ । हाजिरी पुस्तिका बिहान १०:३० देखि साधारण सभा सम्पन्न नभएसम्म खुल्ला रहनेछ ।
- नाबालक शेयरधनीहरुको तर्फबाट यस संस्थाको शेयरलगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिने प्रतिनिधि तोक्न पाउनेछन् ।
- छलफलका विषय सूची मध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै छलफलको विषयमा कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनुपर्नेछ । सो विषय छलफलमा समावेश गरिए पनि निर्णयको रुपमा रहने छैन ।
- सभामा छलफलका विषय अन्तर्गत विविध शीर्षक सम्बन्धमा शेयरवाला महानुभावहरुले छलफल गर्न चाहनु भएको विषयका सम्बन्धमा साधारण सभा हुनु भन्दा कम्तीमा ७ (सात) दिन अघि वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय मार्फत वित्तीय संस्थाको अध्यक्षलाई लिखित रुपमा जानकारी दिनु पर्नेछ । तर यसलाई छलफल र पारित हुने प्रस्तावको रुपमा समावेश गरिने छैन । उक्त सभामा कुनै छलफलको विषय अन्तर्गत छलफल गर्नुपरेमा कूल शेयर पूँजीको ६७ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनी महानुभावहरुले स्वीकृत दिएकोमा बाहेक सभाको सूचनामा उल्लेख नभएको विषय (एजेण्डा) उपर सभामा छलफल र निर्णय गरिने छैन ।
- शेयरधनी महानुभावहरुले व्यक्त गर्नु भएका मन्तव्य तथा प्रश्नहरुको सम्बन्धमा संचालक समितिका तर्फबाट अध्यक्ष आफैले वा निजबाट आदेश पाएका व्यक्तिबाट सामूहिक रुपले उत्तर दिइनेछ ।
- कम्पनी ऐन, २०६३ को दफा ८४ अनुसार शेयरधनीहरुलाई संक्षिप्त आर्थिक विवरण संचालक समितिको प्रतिवेदन शेयरधनीहरुले निरीक्षण वा प्राप्त गर्न चाहनु भएमा वित्तीय संस्थाको रजिष्टर्ड कार्यालयबाट उपलब्ध हुनेछ ।
- सर्वसाधारण सञ्चालकहरुको निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले तोके बमोजिम हुनेछ ।
- प्रोक्सी सदर वा बदर बारे निर्वाचन अधिकृतले गरेको निर्णय अन्तिम हुनेछ ।
- अन्य थप जानकारीको लागि संस्थाको केन्द्रीय कार्यालय, बनेपा न.पा. वडा नं. १३, भैंसेपाटी, काभ्रेपलाञ्चोकमा कार्यालय समय भित्र सम्पर्क राख्नु हुन अनुरोध गर्दछौं ।




