NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Market Reacts from Double Bottom — NEPSE Rises by 44 Points on Monday, Gains Strength in F...
    डबल बटमबाट रियाक्सन — साताको दोस्रो दिन नेप्से ४४ अंकले उक्लियो, अन्तिम समयमा बलियो सुधार
    Top
    1 min read
    Published on October 13, 2025
    NEPSE TRADING

    डबल बटमबाट रियाक्सन — साताको दोस्रो दिन नेप्से ४४ अंकले उक्लियो, अन्तिम समयमा बलियो सुधारMarket Reacts from Double Bottom — NEPSE Rises by 44 Points on Monday, Gains Strength in Final Hour

    साताको दोस्रो दिन सोमबार शेयर बजारमा सकारात्मक कारोबार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४४.२५ अंकले बढेर २,५४७.६० विन्दुमा पुगेको छ। परिसूचक उकालो लागे पनि कारोबार रकम भने घटेको छ। हिजो आइतबार ६ अर्ब ६१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको बजारमा आज कारोबार ४ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ।

    आजको कारोबारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रह्यो, जसको ३१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो।

    यस दिन २०० कम्पनीको शेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ। तीन बीमा कम्पनीहरू — नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी — का शेयरमा १०.१० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, इमर्जिङ नेपाल लिमिटेडको शेयर ९.९२% र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ९.८२% ले बढेको छ। सबै उपसूचक समूह हरियो बनेका छन्, जसमा अन्य उपसूचक समूह सबैभन्दा बढी ५.०१% ले उक्लिएको छ।

    प्रविधिक विश्लेषण : डबल बटममा बजारको रियाक्सन

    प्राविधिक विश्लेषण अनुसार नेप्सेले आज डबल बटम (Double Bottom) लेवलमा ठ्याक्कै रियाक्सन देखाएको छ। बजार विश्लेषक अजित खनालका अनुसार आजको क्यान्डल लामो भए पनि यो ह्यामर क्यान्डल भन्न मिल्दैन। बजारले सपोर्ट जोनमा बलियो प्रतिक्रिया दिएको छ, तर अबको क्यान्डलले आजको हाईभन्दा माथि क्लोज गर्न सके बजारमा स्थायित्व आउने अपेक्षा गरिएको छ।

    तकनीकी सूचकांक (RSI) अझै पनि न्यूट्रल जोनभन्दा तल (४० मुनि) छ, जसले बजार अझै ओभरसेल्ड जोनमा रहेको र अल्पकालीन बाउन्सको सम्भावना देखाउँछ। कारोबार घटेर ४ अर्ब ६० करोडमा सीमित भए पनि अन्तिम २० मिनेटमा मात्र एक अर्बभन्दा बढी कारोबार भएकोले बजारमा अन्तिम समयमा खरिद दबाब (Buying Pressure) बढेको संकेत देखिन्छ।

    सेक्टरगत र ब्रोकर विश्लेषण

    आजको कारोबार संरचनामा हाइड्रो सेक्टरको कारोबार हिस्सा घटेर ३०% मा झर्‍यो भने इन्भेस्टमेन्ट र अन्य सेक्टरहरूमा कारोबारको हिस्सा बढेको छ।
    १० ठूला ब्रोकरहरूको कारोबार विवरण हेर्दा ९ ब्रोकरले बेचेको भन्दा बढी खरिद गरेको पाइएको छ, जसले बजारमा खरिदको आत्मविश्वास पुनः फर्कँदै गएको संकेत गर्छ।

    On the second trading day of the week (Monday), Nepal’s stock market witnessed positive movement. The Nepal Stock Exchange (NEPSE) index increased by 44.25 points, closing at 2,547.60 points. Despite the rise in the index, the total trading volume declined. Compared to Sunday’s NPR 6.61 billion, today’s total turnover stood at NPR 4.60 billion.

    NRN Infrastructure & Development Limited topped the turnover list with over NPR 319.1 million in transactions, followed by Nepal Reinsurance Company with over NPR 264.7 million worth of shares traded.

    A total of 200 companies saw price gains, while 44 companies’ prices declined. Three insurance companies — Nepal Micro Insurance Company, Nepal Reinsurance Company, and Crest Micro Life Insurance Company — hit the positive circuit limit (10.10%). Similarly, Emerging Nepal Limited rose by 9.92%, and NRN Infrastructure & Development gained 9.82%.
    All sectoral indices ended higher, with the “Others” sub-index recording the biggest rise of 5.01%.

    Technical Analysis: Market Reacts from the Double Bottom Zone

    Technically, NEPSE showed a strong reaction from the Double Bottom support zone today. According to market analyst Ajit Khanal, although today’s candle looks like a hammer, its long body prevents it from being classified as one. The market has shown a strong rebound from the support area, but for sustainability, the next candle needs to close above today’s high.

    The RSI (Relative Strength Index) remains below the neutral zone (under 40), indicating the market is still under pressure and in an oversold zone, suggesting potential for a short-term technical bounce.
    While total turnover decreased to NPR 4.60 billion, over NPR 1 billion worth of trades occurred in the last 20 minutes, signaling strong late buying pressure.

    Sectoral and Broker Analysis

    The hydropower sector’s share of total turnover declined to around 30%, while the investment and others sectors saw a noticeable increase in trading activity.
    Among the top 10 brokerage firms, 9 brokers bought more than they sold, reflecting rising investor confidence and renewed buying momentum in the market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026