लक इन अवधि (Lock In Period) समाप्त हुने सम्बन्धी सूचना
प्रकाशन मिति :- २०८३/०५/२४
नेपाल धितोपत्र बोर्डको पत्र संख्या ८०/८१ चलानी नं. १५२३ मिति २०८०/०८/२५ गतेको निर्देशन बमोजिम यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता रहेको कुल १,००,००,००० कित्ता शेयर मध्ये तपसिलमा उल्लेखित संस्थापक शेयरधनीहरु, सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक इन अवधि (Lock In Period) देहाय बमोजिमको मितिमा समाप्त हुने व्यहोरा सम्पुर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सबै सरोकारवालाहरु लाई जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
क्र.स. विवरण लक इन अवधिमा रहेको शेयर संख्या लक इन अवधि समाप्त हुने मिति
१. संस्थापक शेयरधनीहरुको शेयर ७०,००,००० वि.सं. २०८३/०७/०२ (तदनुसार सन् २०२६ अक्टोबर १९)
२. आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँड गरिएको शेयर १४,९०,८०० वि.सं. २०८३/०७/०२ (तदनुसार सन् २०२६ अक्टोबर १९)
जम्मा ८४,९०,८०० -
द्रष्टव्य : संचालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार शेयर रोक्का रहने छ ।



