NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Meeting Between Finance Minister and World Bank Vice President
    अर्थ मन्त्रालयमा अर्थमन्त्री र विश्व बैंक उपाध्यक्षबीच भेट
    Investor
    1 min read
    Published on September 2, 2025
    NEPSE TRADING

    अर्थ मन्त्रालयमा अर्थमन्त्री र विश्व बैंक उपाध्यक्षबीच भेटMeeting Between Finance Minister and World Bank Vice President

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटबीच मंगलबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

    भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

    अर्थमन्त्रीको भनाइ

    अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा नेपालको अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार भएको जानकारी गराउँदै नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा सुधार भइरहेको बताए।

    उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपाल सरकारको प्राथमिकतासँग मेल खाने भएकाले यस अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरे।

    त्यस्तै, उनले प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएपछि निजी क्षेत्रसँग सहकार्य गरेर प्रतिफल दिने आयोजनामा लगानी गर्ने र त्यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको स्पष्ट पारे।

    विश्व बैंक उपाध्यक्षको धारणा

    उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर कायम हुने गरी विश्व बैंकले निरन्तर सहयोग गर्ने बताए। उनले लुम्बिनी र काठमाडौं उपत्यकाको शहरी पूर्वाधार विकास, वातावरणीय प्रदूषण न्यूनीकरण र समग्र आर्थिक वृद्धिमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

    जुटले नेपालको अर्थतन्त्रका सूचकहरू सुधार हुनु सकारात्मक रहेको उल्लेख गर्दै लगानी अझ बढाउन जरुरी भएको धारणा राखे। वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानून बनेसँगै पूर्वाधार क्षेत्रमा नयाँ लगानीका अवसरहरू खुल्ने र निजी क्षेत्रलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    त्यस्तै, उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन नेपाल सरकारलाई सुझाव पनि दिए।

    Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel held a courtesy meeting with Johannes Zutt, Vice President of the World Bank for the South Asia Region, at the Ministry of Finance on Tuesday.

    During the meeting, discussions were held on the economy, urban infrastructure, investment, tourism, environment, and other key areas.

    Finance Minister’s Remarks

    Minister Paudel highlighted that Nepal’s economic indicators have shown significant improvement compared to last year. He noted that policy, structural, decision-making, and implementation processes have all improved.

    He further stated that the Country Partnership Framework prepared by the World Bank for the next six years aligns with Nepal’s development needs and government priorities. He expressed Nepal’s willingness to work with the World Bank to design projects and programs in line with this framework.

    Minister Paudel also informed that the Alternative Development Finance Mobilization Bill has been passed by the House of Representatives and is under discussion in the National Assembly. Once passed, the government plans to collaborate with the private sector to invest in return-generating projects, for which support from the World Bank would be crucial.

    World Bank Vice President’s Remarks

    Vice President Zutt assured that the World Bank would continue supporting Nepal to achieve higher economic growth. He mentioned that the Bank would assist in developing urban infrastructure in Lumbini and the Kathmandu Valley, reducing environmental pollution, and fostering overall economic growth.

    He welcomed the improvement in Nepal’s economic indicators but stressed the need for further investment. He expressed confidence that with the enactment of the Alternative Development Finance Mobilization law, new investment opportunities in infrastructure would emerge, helping attract private sector participation.

    Zutt also suggested Nepal focus on boosting investment and productivity to sustain long-term growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026