सर्वसाधारणका लागि दरखास्त फाराम प्राप्त गर्ने र दरखास्त बुझाउने स्थानहरु :
नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरि सि-आस्बा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
संक्षिप्त वित्तीय विवरण:
विवरण वास्तविक अपरिपृष्कृत प्रक्षेपित
आ.व. २०७०/७१ आ.व. २०७१/७२ २०७२ पौष मसान्त आ.व. २०७२/७३ आ.व. २०७३/७४ आ.व. २०७४/७५
| संचित मुनाफा (रु.हजारमा) | (२८,५३६) | ११,२१९ | ४९,२०० | १९२,४५५ | ३३२,१२२ | ५२२,६८१ |
| प्रति शेयर नेटवर्थ (रु.) | १०१.११ | १०६.८४ | ११२.९७ | ११२.९३ | १३८.६२ | १६०.७८ |
| प्रति शेयर आम्दानी (रु.) | (०.०७) | ०.१३ | ५.१३ | १२.१३ | १५.७३ | २२.१६ |
आ.व. २०७०/७१ को वित्तीय विवरण एनएफआरएस बमोजिम तयार गरिएकोले आ.व. २०७१/७२ को र २०७८/७९ को वित्तीय विवरण लेखापरीक्षण भएको सम्बन्धित आ.व. सँग को विवरण भन्दा फरक पर्न गएको कारण धितोपत्र बोर्डबाट स्वीकृती विवरण पत्रको दफा ७.१.क (पृष्ठ नं.२५) मा उल्लेख गरिएको ।
आयोजनाको विवरण:
आयोजनाको नाम : दुधकुण्ड खोला जलविद्युत आयोजना
आयोजनाको कूल लागत : रु. २,३६,९३,२०,०४२/- [Interest during construction (IDC) सहित]
प्रति मेगावाट लागत : आयोजनाको प्रति मेगावाट लागत रु. १७,४३,३३६/८३
विद्युत उत्पादन क्षमता : १३ मेगावाट
साधारण लगानी फिर्ता हुने अवधि : ६.४० वर्ष
डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि : ८.१४ वर्ष
विद्युत उत्पादन अनुमतिको बाँकी अवधि : अनुमतित्र पत्र बहाल रहने अवधि मिति २०७६/०८/१८ देखि २१११/०८/१७ सम्म रहेकोले २८ वर्ष १ महिना बाँकी रहेको छ।
क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवस्था :
यस विवरणपत्र मार्फत निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको रेटिङ्ग गर्नुपर्ने भएकोले “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, काठमाडौंबाट कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्न सक्ने सम्बन्धमा प्रथम सुचिकृत “CARE-NP BB+ (Is) [Double B Plus (Issuer)]” को प्रमाण पत्र प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) मानिन्छ । केयर रेटिङ्ग नेपाल लिमिटेडले “CARE-NP AAA (Is)” ले बलियो आधार जनाउँछ भने “CARE-NP D (Is)” ले कमजोर आधार जनाउँछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँछ ।
रेटिङ्ग प्राप्त गरेको मिति : २०८२/०९/०८ (सन् २०२५, डिसेम्बर २३)
बहाल रहने मिति : २०८३/१०/२४ (सन् २०२७, फेब्रुअरी ०७)
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौं ।




