म्याग्दी हाइड्रोपावर लिमिटेड
वार्षिक साधारण सभा सम्बन्धी सूचना !
(प्रथम पटक प्रकाशित मिति : २०८३/०५/२८ गते)
शेयरधनी महानुभावहरू,
मिति २०८३/०५/२६ गते शुक्रबार बिहान ११:०० बजे बसेको सञ्चालक समितिको ७३औं बैठकको निर्णय बमोजिम यस कम्पनीको आ.व.२०८२/०८३ को १९औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयमा छलफल गरी निर्णय गर्न बस्ने भएको हुँदा उक्त सभामा प्रतिनिधित्व गर्न शेयरधनी स्वयम् उपस्थित हुन वा रितपूर्वक प्रतिनिधि मुकरर गरी पठाई दिनु हुन सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि कम्पनी ऐन, २०६३ को दफा ६७ को २ बमोजिम यो सूचना प्रकाशित गरिएको छ।
साधारण सभा हुने मिति, समय र स्थान
मिति : २०८३/०६/१९ गते, सोमबार (अक्टोबर ५, २०२६)।
समय : ११:०० बजे, बिहान।
स्थान : महाराजा रिसोर्ट, बुटवल उप म.न.पा.११ कालिकानगर, रूपन्देही।
छलफलका विषयहरू
(क) सामान्य प्रस्ताव
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व.२०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने सम्बन्धमा।
- आ.व.२०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण (वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोको अनुसूची) पारित गर्ने सम्बन्धमा।
- आ.व.२०८३/०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्न कम्पनी ऐन, २०६३ को दफा १६५ को (घ) बमोजिम लेखापरीक्षण समितिबाट प्राप्त सिफारिस बमोजिम सोही ऐनको दफा १११ बमोजिम नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।
(ख) विशेष प्रस्ताव
- कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा।
- सर्वसाधारणमा जारी गरिने शेयरलाई संशोधन गरी प्राथमिक सार्वजनिक शेयर निष्काशनको प्रक्रियालाई निरन्तरता दिने सम्बन्धमा।
- प्राथमिक सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा।
- कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।
(ग) विविध।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव



