नबिल स्टक डिलर लिमिटेड
५ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३० गते)
नबिल स्टक डिलर लिमिटेडको मिति २०८३/०५/२९ मा बसेको सञ्चालक समितिको ६६ औं बैठकको निर्णयानुसार कम्पनीको ५ औं वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) बमोजिम शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा बस्ने मिति, समय र स्थान :
मिति : २०८३ साल आश्विन २१ गते बुधबार (तदनुसार अक्टुबर ०७, २०२६)
स्थान : नबिल स्टक डिलर लिमिटेड, रजिष्टर्ड कार्यालय, तीनधारा, दरबारमार्ग, काठमाडौँको सभा कक्ष ।
समय : बिहान ११:०० बजे देखि ।
छलफलका विषयहरु :
क. सामान्य प्रस्तावहरु:
- आ.व. २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
- लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तको कम्पनीको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब, अन्य विस्तृत आय विवरण तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने ।
- कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
ख. विशेष प्रस्तावहरु :
१. कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।
ग. विविध
सञ्चालक समितिको निर्णयानुसार
कम्पनी सचिव



