आदरणीय शेयरधनी महानुभावहरु,
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८३ जेष्ठ २८ गते बिहीबार बेलुका ५:३० बजे सम्पन्न सञ्चालक समितिको २३६ औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा बस्ने भएकाले कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति : वि.सं. २०८३ असार २२ गते, सोमबार (जुलाई ६, २०२६)
समय : बिहान ११:०० बजे देखि ।
स्थान : नौबिसे एग्रो रिसोर्ट नौबिसे धादिङ
छलफलका विषयहरु:
क) साधारण प्रस्तावहरु:
१) सञ्चालक समितिको प्रतिवेदन अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितका आ.व. २०८१/८२ सम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु र नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको वार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
३) वित्तीय संस्थाको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४) यस वित्तीय संस्थाको समूह 'क' संस्थापक शेयरधनीहरुमध्ये ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, समूह 'ख' सर्वसाधारण शेयरधनीहरुमध्येबाट रिक्त रहेको १ जना सञ्चालकको बाँकी कार्यकालको लागि निर्वाचन गर्ने ।
ख) विशेष प्रस्तावहरु:
१) नेपाल राष्ट्र बैंकको निर्देशन १०/०८२(१३) मा भएको व्यवस्था बमोजिम शेयर संरचना परिवर्तन सम्बन्धमा छलफल गरी पारित गर्ने ।
२) यस वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्विजिसन (प्राप्ति) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायत अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
३) उल्लेखित प्रस्ताव उपर नियमनकारी निकायबाट फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो अनुरुप प्रचलित कानूनको अधिनमा रही कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
ग) विविध:
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
वार्षिक साधारण सभा सम्बन्धी जानकारी :
१) यस संस्थाको एघारौं वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०८३/०३/११ गते एक दिन मात्र शेयर दाखिला खारेज बन्द (Book Close) रहनेछ । मिति २०८३/०३/१० सम्ममा कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नुहुनेछ ।
२) साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले सक्कल शेयरधनी प्रमाणपत्र वा प्रवेशपत्र वा हितग्राही खाता (DEMAT A/C) को विवरण सहित आफ्नो परिचय खुल्ने प्रमाण (नागरिकता प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र) साथमा लिई आउनु हुन अनुरोध छ ।
३) नाबालक तथा अशक्त शेयरधनी महानुभावहरुको शेयर लगानीको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता रहेका व्यक्तिले मात्र भाग लिन वा प्रतिनिधि तोक्न पाउने छ ।
४) सभामा भाग लिनुहुने शेयरधनी महानुभावहरुको लागि हाजिर पुस्तिका सभा हुने स्थानमा सोही दिन बिहान १०:०० बजेबाट सभा सम्पन्न नभएसम्म खुला रहनेछ । शेयरधनी महानुभावहरुले सभा शुरु हुनुभन्दा पहिले नै सभामा उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरिदिनुहुन अनुरोध गरिन्छ ।
५) वार्षिक साधारण सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले तोकिएको ढाँचामा वित्तीय संस्थाको शेयरधनीहरुलाई मात्र प्रतिनिधि-प्रोक्सी नियुक्त गर्न सक्नुहुनेछ । यसरी प्रतिनिधि नियुक्त गरिएको निवेदन सभा शुरु हुनु भन्दा १६ घण्टा अगावै वित्तीय संस्थाको केन्द्रीय कार्यालय धादिङमा दर्ता गराई सक्नुपर्नेछ ।
६) समूह 'क' संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने र समूह 'ख' सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतबाट मिति २०८३।०३।१५ गते यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय धुनिबेशी-६, धादिङको सूचना पाटीमा प्रकाशन गरिने छ ।
७) नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक निर्वाचन सम्बन्धी निर्देशिका यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय धुनिबेशी-६ धादिङबाट प्राप्त गर्न सकिनेछ ।
८) वार्षिक साधारण सभा हलको सुरक्षाको लागि प्रतिबन्धित सरसामान ल्याउन निषेध गरिएको छ ।




