नारायणी डेभलपमेन्ट बैंक लिमिटेड
केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका-१०, चितवनको
संस्थापक शेयर बिक्री सम्बन्धी सार्वजनिक सूचना
तेस्रो पटक प्रकाशित मिति २०८३/०५/२७
यस बैंकका संस्थापक शेयरधनीको नाममा कायम रहेको ६५,६२८ कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि यसअघि बैंकबाट विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशित गरी विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन आह्वान गरिएकोमा तोकिएको अवधिभित्र कुनै पनि आवेदन प्राप्त नभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । यसरी यसअघि प्रकाशित सूचना बमोजिम संस्थापक शेयर खरिदका लागि आवेदन प्राप्त नभएको हुँदा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन/स्वीकृत व्यवस्था बमोजिम उक्त संस्थापक शेयर अन्य इच्छुक तथा योग्य व्यक्ति/संस्थालाई बिक्री गर्नुपर्ने भएकोले देहायबमोजिमको संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति/संस्था/निकायहरूबाट आवेदन आह्वान गरिएको छ । प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम योग्य व्यक्ति/संस्था आवेदन अवधि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।
आवेदन सम्बन्धी शर्तहरू
- उपर्युक्त संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति/संस्था/निकायले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा प्राप्त हुने गरी आवेदन पेश गर्नुपर्नेछ ।
- आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा प्रस्तावित खरिद मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
- संस्थापक शेयर खरिद गर्न इच्छुक आवेदकले प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम आफू संस्थापक शेयर खरिद गर्न योग्य रहेको प्रमाणित हुने आवश्यक कागजातहरू आवेदन साथ पेश गर्नुपर्नेछ ।
- एकभन्दा बढी योग्य आवेदकबाट आवेदन प्राप्त भएमा बिक्रीमा रहेको शेयर संख्याको सीमाभित्र रही प्रचलित कानून, नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको निर्णय बमोजिम शेयर बिक्री/बाँडफाँट प्रक्रिया अगाडि बढाइनेछ ।
- आवेदन प्राप्त हुँदैमा शेयर बिक्री भएको मानिने छैन । शेयर बिक्री तथा हस्तान्तरण सम्बन्धी सम्पूर्ण प्रक्रिया प्रचलित कानून, नेपाल राष्ट्र बैंकको निर्देशन तथा सम्बन्धित नियामकीय व्यवस्था पूरा भएपछि मात्र सम्पन्न गरिनेछ ।
- प्रचलित कानून तथा नियामकीय व्यवस्थाबमोजिम आवश्यक स्वीकृति/सहमति लिनुपर्ने भएमा सोही बमोजिम प्रक्रिया पूरा गरिनेछ ।
- तोकिएको समयावधि भित्र प्राप्त नभएका, अपूर्ण वा आवश्यक कागजात संलग्न नभएका आवेदनहरू उपर कुनै कारबाही गर्न बैंक बाध्य हुने छैन ।
- यस सूचनामा उल्लेख नभएका अन्य विषयहरू प्रचलित कानून, नेपाल राष्ट्र बैंकको निर्देशन/परिपत्र तथा बैंकको प्रचलित नीति, नियमावली र निर्णय बमोजिम हुनेछ ।
- शेयर बिक्री सम्बन्धी थप जानकारी तथा आवेदन फारामका लागि बैंकको केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
आवेदन तथा सम्पर्क गर्ने स्थान:
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड
केन्द्रीय कार्यालय, भरतपुर महानगरपालिका-१०, चितवन



