नेशनल हाइड्रो पावर कम्पनी लि.
काठमाडौँ-१०, विनायकनगर, बानेश्वर
२९औं वार्षिक साधारणसभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०४/०१
दोश्रो पटक प्रकाशित मिति २०८३/०४/१५
यस नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको मिति २०८३/०३/०३ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार, यस कम्पनीको २९औं वार्षिक साधारणसभा मिति २०८३/०३/३१ गते बिहान ११:०० बजे अमृत भोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौंमा गर्ने भनि दुई पटक राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी उक्त दिन साधारणसभा गर्नको लागि उपस्थित भएकोमा उक्त सभा सञ्चालन गर्नको लागि गणपूरक संख्या कम्पनीको नियमावलीको नियम १६(ख) र कम्पनी ऐन २०६३ को दफा ७३(२) बमोजिम उपस्थित शेयरधनीहरूको गुणपूरक संख्या नपुगी स्थगित भएको यस कम्पनीको २९औं वार्षिक साधारणसभा, सञ्चालक समितिको मिति २०८३/०३/३२ गतेको निर्णय अनुसार निम्न बमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिती : २०८३ साल श्रावण २२ गते, (अगष्ट, ०७, २०२६)
समय : बिहान ८:३० बजे ।
स्थान : अमृत भोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौँ ।
छलफलका विषयहरू
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिमा एक जना महिला सहित ७ (सात) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
वार्षिक साधारणसभा सम्बन्धी सामान्य जानकारीहरू
- २९औं वार्षिक साधारणसभा प्रयोजनका लागि मिति २०८३/०३/१६ गते (एक दिन) शेयर दाखिल खारेज बन्द रहनेछ ।
- २९औं वार्षिक साधारणसभाको लागि २०८३/०३/१५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ३ कार्य दिनभित्र दाखिल खारेज तथा नामसारीका लागि प्राप्त शेयरहरूबाट कायम रहेका शेयरधनीहरू वार्षिक सभामा भाग लिनका लागि योग्य हुनेछन् ।
- लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा ७८ बमोजिमको प्रतिवेदन समेतका कागजातहरू निरीक्षण गर्न तथा प्रतिलिपि आवश्यक भएमा कार्यालय समय भित्र कम्पनीको कार्यालय विनायकनगर, नयाँबानेश्वर, काठमाडौँमा सम्पर्क राख्न सकिने व्यहोरा अनुरोध छ ।




