संस्थापक शेयर बिक्री सम्बन्धी सार्वजनिक सूचना
दोस्रो पटक प्रकाशित मिति २०८३ असोज २ गते
नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त यस नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका देहाय बमोजिमका संस्थापक शेयरधनीहरूले आ-आफ्नो नाममा रहेको निम्नानुसारको संस्थापक शेयर बिक्रीगर्ने भनि संस्था समक्ष निवेदन पेश गर्नुभएकोमा संस्थाको सञ्चालक समितिको बैठकबाट उक्त संस्थापक शेयर बिक्री सम्बन्धी आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भए बमोजिम शेयर बिक्री सम्बन्धमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूको जानकारीको लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा तोकिएको मिति भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिद सम्बन्धी कुनै पनि आवेदन प्राप्त नभएकोले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन तथा प्रचलित कानून बमोजिम उक्त शेयर खरिद गर्न इच्छुक अन्य सर्वसाधारणहरूको समेत जानकारीको लागि पुनः यो सूचना प्रकाशित गरिएको छ। अतः उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक महानुभावहरूले यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुहुन जानकारी गरिन्छ।
क्र.स. बिक्री कर्ता शेयरधनीको नाम ठेगाना बिक्री गर्न चाहेको शेयर संख्या
१ श्री श्याम बहादुर गुरुङ्ग याङ्वरक-३, पाँचथर १२,०००। कित्ता
२ श्री गोपाल खरेल विर्तामोड-९, झापा ८,००० कित्ता
३ श्री गोपाल खरेल कन्काई न.पा.-३, झापा ५,००० कित्ता
४ श्री राजु बस्नेत विर्तामोड, झापा १,१६३ कित्ता
५ श्री गोमादेवी चुडाल विर्तामोड न.पा.-४, झापा ५,००० कित्ता
६ श्री टिका श्रेष्ठ काठमाडौं म.न.पा.-२५, न्युरोड काठमाडौं १०,२२३ कित्ता
७ श्री अरुण खेतान विराटनगर-७, मोरङ्ग ५,१४८ कित्ता



