·
नेपाल माइक्रोको आईपीओ बाँडफाँड शुक्रबार हुने
Author
Nepse trading

नेपाल माइक्रो इन्स्योरेन्सको फागुन ११–१५ सम्म निष्काशन भएको १८ लाख ४५ हजार कित्ता आईपीओको बाँडफाँड आज हुने तयारी थियो। तर, बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय बिहीबार बिहान ८ बजे परेपछि बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले कार्यक्रम स्थगित गरेको छ।
उक्त आईपीओमा १९ लाख ९७७ जनाले २ करोड ४४ लाख ८३ हजार २20 कित्ताका लागि आवेदन दिएका थिए। गोलाप्रथाबाट १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर पाउनेछन्। अब बाँडफाँड शुक्रबार हुने र नतिजा सार्वजनिक गरिनेछ।