·
नेपाल राष्ट्र बैंक ७१ औं वर्षमा प्रवेश
Author
Nepse trading

नेपाल राष्ट्र बैंक ७० वर्ष पूरा गरी आजदेखि ७१औं वर्षमा प्रवेश गरेको छ। आर्थिक व्यवस्थापनका लागि २०१३ साल वैशाख १४ गते स्थापना भएको बैंकले नयाँ ऐनमार्फत स्वायत्तता सुनिश्चित गर्दै मौद्रिक तथा विदेशी विनिमय नीतिको व्यवस्थापन गरिरहेको छ। राष्ट्र बैंकले वित्तीय प्रणालीको स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली विकास र विदेशी मुद्रा संरक्षणमा काम गरिरहेको छ। हालसम्म १७ गभर्नर भइसकेका छन्। पहिलो गभर्नर हिमालयन शमशेर जबरा थिए भने हाल डा. नीलम ढुंगाना कामु गभर्नरको जिम्मेवारीमा छन् ।