NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Rastra Bank Publishes Systemically Important Payment Systems (SIPS) Framework
    राष्ट्र बैंकद्वारा ‘सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (SIPS) फ्रेमवर्क’ सार्वजनिक
    Investor
    1 min read
    Published on September 2, 2025
    NEPSE TRADING

    राष्ट्र बैंकद्वारा ‘सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (SIPS) फ्रेमवर्क’ सार्वजनिकNepal Rastra Bank Publishes Systemically Important Payment Systems (SIPS) Framework

    नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीहरूको पहिचान र जोखिम न्यूनीकरणका लागि सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (SIPS) फ्रेमवर्क सार्वजनिक गरेको छ।

    भुक्तानी तथा सेटलमेन्ट ऐन, २०७६ को प्रावधानअनुसार जारी गरिएको यो फ्रेमवर्कले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणाली (SIPS) को पहिचान र नियमन गर्ने लक्ष्य राखेको छ।

    फ्रेमवर्कका उद्देश्य र व्याख्या

    राष्ट्र बैंकले सिप्सलाई त्यस्ता भुक्तानी प्रणालीका रूपमा परिभाषित गरेको छ, जसमा अवरोध आउँदा सम्पूर्ण वित्तीय प्रणालीमा ठूलो असर पर्न सक्छ। तत्काल सेटलमेन्ट आवश्यक हुने वा ढिलाइ भए दण्ड लाग्ने, ठूलो रकमका भुक्तानीहरू जस्ता प्रणालीलाई यसमा समावेश गरिएको छ।

    फ्रेमवर्कले यस्ता प्रणालीहरू अन्य बैंक, वित्तीय संस्था र सेवा प्रदायकहरूसँग कसरी अन्तरसम्बन्धित छन् भन्ने पक्षलाई समेत जोड दिएको छ।

    पहिचानका मापदण्ड र दायित्व

    फ्रेमवर्कमा सिप्स पहिचानका लागि पाँच वटा मापदण्ड तोकिएको छ। ती मापदण्ड पूरा गर्ने प्रणालीलाई सिप्स घोषणा गरिनेछ। राष्ट्र बैंकले आवश्यकताअनुसार यी मापदण्डको पुनरावलोकन गर्ने अधिकार राखेको छ।

    सिप्सका रूपमा निर्दिष्ट प्रणालीहरूले कडा जिम्मेवारी पूरा गर्नुपर्नेछ। यसमा:

    • बलियो कानुनी आधार र सेटलमेन्ट नियमहरूको पालना,

    • क्रेडिट, तरलता, सञ्चालन र व्यवसाय जोखिम व्यवस्थापन,

    • वार्षिक तनाव परीक्षण अनिवार्य,

    • समयमै सेटलमेन्ट र प्रभावकारी शासन सुनिश्चित,

    • महत्वपूर्ण परिवर्तनबारे राष्ट्र बैंकलाई अनिवार्य जानकारी गराउने प्रावधान समावेश गरिएको छ।

    आत्म–मूल्यांकन र पारदर्शिता

    निर्दिष्ट प्रणालीहरूले हरेक वर्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसार आत्म–मूल्यांकन गर्नुपर्ने र नतिजा साझा गर्नुपर्नेछ।
    यस्तै, शासन र जोखिम नीतिहरू सार्वजनिक गर्ने, संकट व्यवस्थापन प्रोटोकल तयार गर्ने, वित्तीय स्थिरता कायम राख्ने दायित्वसमेत फ्रेमवर्कले तोकेको छ।

    राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सिप्सहरूको वार्षिक मूल्यांकन गर्नेछ भने इजाजतप्राप्त संस्थाहरूले पनि आत्म–मूल्यांकन गर्नुपर्ने व्यवस्था छ।

    कार्यान्वयन र संशोधन

    निर्दिष्ट सिप्सहरूको सूची राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित हुनेछ। यो फ्रेमवर्क प्रत्येक दुई वर्षमा वा आवश्यकता अनुसार परिमार्जन गरी नयाँ जोखिम र प्रविधिलाई सम्बोधन गर्ने प्रावधानसमेत गरिएको छ।

    Nepal Rastra Bank (NRB) has published the Systemically Important Payment Systems (SIPS) Framework to identify critical payment systems and mitigate risks associated with them.

    Issued under the authority of the Payment and Settlement Act, 2019 (2076), the framework aims to align Nepal’s payment systems with international standards, ensuring systemic stability and effective risk management.

    Purpose and Definition

    The framework defines SIPS as payment systems whose disruption could significantly impact the overall financial system. Transactions requiring immediate settlement, those subject to penalties in case of delays, and large-value payments fall under this category.

    It also highlights the interconnectivity of such systems with other banks, financial institutions, and service providers, making them critical for financial stability.

    Criteria and Obligations

    The framework specifies five criteria for identifying SIPS. Any system meeting these benchmarks will be designated as systemically important. NRB retains the authority to review and revise these criteria as needed.

    Designated SIPS must fulfill strict obligations, including:

    • Ensuring a strong legal foundation and adherence to settlement rules.

    • Managing credit, liquidity, operational, and business risks.

    • Conducting mandatory annual stress tests.

    • Guaranteeing timely settlements and effective governance.

    • Informing NRB of any significant operational or structural changes.

    Self-Assessment and Transparency

    Designated SIPS must conduct annual self-assessments against international standards and share the results.
    They are also required to publicly disclose governance and risk management policies, develop crisis management protocols, and ensure mechanisms to safeguard financial stability.

    NRB’s Payment Systems Department will carry out annual evaluations of these systems, while licensed institutions must also perform self-assessments.

    Implementation and Review

    The list of designated SIPS will be published on NRB’s official website. The framework will be reviewed every two years—or sooner if necessary—to address emerging risks and new technologies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026