
1 min read
Latest News
नेपाल एसबिआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्डNepal SBI Bank Receives Four International Awards from Asian Banking and Finance
नेपाल एसबिआई बैंक लिमिटेडलाई सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) ले सन् २०२६ का लागि चार विधामा अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्रदान गरेको छ।
बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार एबीएफ होलसेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ तथा ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको हो। त्यसैगरी रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’ बाट पनि बैंक सम्मानित भएको जनाएको छ।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले होलसेल तथा रिटेल बैंकिङ सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धताको अन्तर्राष्ट्रिय स्तरमा मूल्यांकन भएको पुष्टि गरेको छ।
बैंकले प्राप्त उपलब्धिमा ग्राहक, सेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै उनीहरूको विश्वास, सहयोग र मार्गदर्शनकै कारण यस्तो सफलता हासिल गर्न सम्भव भएको जनाएको छ।
विज्ञप्तिमा बैंकले भविष्यमा पनि ग्राहकलाई गुणस्तरीय, नवीन तथा विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै मुलुकको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
Nepal SBI Bank Limited has received four international banking awards from Asian Banking and Finance (ABF) for the year 2026.
The bank has received the 'Nepal Domestic Liquidity Management Bank of the Year' and 'Nepal Domestic Trade Finance Bank of the Year' awards under the ABF Wholesale Banking Awards 2026. Additionally, the bank has also been recognized under the Retail Banking Awards 2026 for 'Domestic Retail Bank of the Year–Nepal' and 'SME Bank of the Year–Nepal'.
According to the bank, these international awards recognize the bank's commitment to liquidity management, trade finance, excellent banking practices, and innovation in both wholesale and retail banking services.
The bank has expressed its gratitude to its customers, shareholders, and regulatory bodies for their trust, cooperation, and guidance, which have made it possible to achieve this success.
The bank has also stated its commitment to providing high-quality, innovative, and reliable banking services to its customers in the future, contributing to the country's economic development and prosperity.
Nepal SBI Bank has been providing banking services in Nepal for the past 32 years. Currently, the bank has 103 branches, 22 extension counters, seven regional offices, 21 branchless banking services, 127 ATMs, and one corporate office operating across the country.




