·
नेपालको ऋण छिमेकी देशको तुलनामा कम : प्रधानमन्त्री ओली
Author
NEPSE trading

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशको तुलनामा नेपालको ऋण कम रहेको बताएका छन्। मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले विश्वमा सबैभन्दा बढी ऋण जापानको रहेको उल्लेख गरे।
उनले भने, “ऋणको अनुपात हेर्दा जापान विश्वमा अगाडि छ। तर, छिमेकी देशको तुलनामा नेपालको ऋण कम छ। राष्ट्रिय आयको ५० प्रतिशतसम्मको ऋणलाई ठूलो मानिँदैन र हाम्रो ऋण त्योभन्दा कम छ।” प्रधानमन्त्री ओलीले नेपालको आर्थिक अवस्था सन्तुलित रहेको दाबी गर्दै ऋणको बोझ नभएको संकेत गरे।