·

चालु आवमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने, प्रतिव्यक्ति आम्दानी १,५१७ डलर पुग्ने अनुमान

Author

Nepse trading

चालु आवमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने, प्रतिव्यक्ति आम्दानी १,५१७ डलर पुग्ने अनुमान

चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार, गत आव २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब थियो भने २०७९/८० मा ५३ खर्ब ६७ अर्ब रहेको थियो।

चालु आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ। कृषि क्षेत्र ३.२८% र गैरकृषि क्षेत्र ४.२८% ले वृद्धि हुने अपेक्षा गरिएको छ। विद्युत तथा ग्याँस क्षेत्रमा सबैभन्दा बढी १३.८२% वृद्धि हुने देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP) १,४९६ अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी १,५१७ अमेरिकी डलर पुग्नेछ। वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले GDP को २५.८९% हिस्सा ओगट्नेछ भने कुल राष्ट्रिय बचत ३६.२४% हुने अनुमान छ।

यस आवमा अन्तिम उपभोग खर्च GDP को ९३.४५%, निर्यात ८.७४% र आयात ३३.२३% रहने तथ्याङ्क सार्वजनिक गरिएको छ।

Related News