NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal’s Public Debt Reaches 26.67 Trillion, Over 3.5 Trillion Borrowed by March 2025
    नेपालको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब पुग्यो, चैत मसान्तसम्म साढे ३ खर्ब ऋण थप
    Investor
    2 min read
    Published on April 19, 2025
    NEPSE trading

    नेपालको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब पुग्यो, चैत मसान्तसम्म साढे ३ खर्ब ऋण थपNepal’s Public Debt Reaches 26.67 Trillion, Over 3.5 Trillion Borrowed by March 2025

    काठमाडौँ, ६ वैशाख २०८२ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे ३ खर्बभन्दा बढी ऋण उठाएको छ भने साँवा–ब्याज भुक्तानीका लागि साढे २ खर्बभन्दा बढी खर्च गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार यो अवधिमा कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको छ, जुन गत आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब नौ करोड थियो ।

    नौ महिनामा २ खर्ब ३३ अर्ब ऋण थप

    प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा २ खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएको छ । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब एक अर्ब ९४ करोड र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रहेको छ । यो ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४६.७५ प्रतिशत हो, जसमा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत छ ।

    सरकारको ऋण लक्ष्य ६७ प्रतिशत पूरा

    सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा चैत मसान्तसम्म ३ खर्ब ६६ अर्ब नौ करोड (६६.९३ प्रतिशत) प्राप्त भएको छ । यसमध्ये आन्तरिक ऋण २ खर्ब ९१ अर्ब १४ करोड (लक्ष्यको ८८.२२ प्रतिशत) र बाह्य ऋण ७४ अर्ब ९५ करोड (लक्ष्यको ३४.५४ प्रतिशत) उठाइएको छ । सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब आन्तरिक र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ ।

    साँवा–ब्याज भुक्तानीमा साढे २ खर्ब खर्च

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म साँवा–ब्याज भुक्तानीका लागि २ खर्ब ५२ अर्ब ४८ करोड खर्च भएको छ, जुन वार्षिक विनियोजनको ६२.६७ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋणको साँवामा १ खर्ब ७० अर्ब नौ करोड र ब्याजमा ४२ अर्ब ८४ करोड खर्च भएको छ । त्यस्तै, बाह्य ऋणको साँवामा ३२ अर्ब ९३ करोड र ब्याजमा ६ अर्ब ६१ करोड खर्च भएको छ । यो खर्च जिडिपीको ४.४३ प्रतिशत हो ।

    विदेशी मुद्राको विनिमय दरले थप्यो ७० अर्ब दायित्व

    कार्यालयका अनुसार विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले चैत मसान्तसम्म ७० अर्ब नौ करोडको ऋण दायित्व थपिएको छ । नेपालले वैदेशिक ऋण अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येनमा लिने गरेको छ । ‘स्पेशल ड्रइङ राइट’ (एसडिआर) को विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋणको दायित्वमा थप प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ ।

    चुनौती र चिन्ता

    निरन्तर बढ्दो सार्वजनिक ऋण र त्यसको साँवा–ब्याज भुक्तानीमा हुने खर्चले मुलुकको आर्थिक अवस्थामा दबाब थपिएको छ । विज्ञहरूले ऋणको उत्पादनमूलक क्षेत्रमा उपयोग नहुँदा दीर्घकालीन आर्थिक स्थायित्वमा जोखिम बढ्ने चेतावनी दिएका छन् । सरकारले आगामी दिनमा ऋण व्यवस्थापन र उपयोगमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

    Kathmandu, April 19, 2025: The Nepal government has borrowed over NPR 3.5 trillion in the first nine months of the fiscal year 2081/82 (2024/25) while spending more than NPR 2.5 trillion on principal and interest payments. According to a report by the Public Debt Management Office, the total public debt has reached NPR 26.67 trillion by the end of March 2025, up from NPR 24.34 trillion at the start of the fiscal year.

    2.33 Trillion Debt Added in Nine Months

    The report states that NPR 2.33 trillion in new debt was incurred in the first nine months. The total public debt comprises NPR 13.01 trillion in domestic debt and NPR 13.65 trillion in external debt. This debt accounts for 46.75% of Nepal’s Gross Domestic Product (GDP), with external debt constituting 51.19% and domestic debt 48.81% of the total.

    67% of Debt Target Achieved

    The government aimed to raise NPR 5.47 trillion in public debt this fiscal year, of which NPR 3.66 trillion (66.93%) was mobilized by March 2025. This includes NPR 2.91 trillion in domestic debt (88.22% of the target) and NPR 74.95 billion in external debt (34.54% of the target). The annual targets are NPR 3.3 trillion for domestic debt and NPR 2.17 trillion for external debt.

    Over 2.5 Trillion Spent on Debt Servicing

    By March 2025, NPR 2.52 trillion was spent on principal and interest payments, representing 62.67% of the annual budget allocation for debt servicing. Of this, NPR 1.70 trillion went toward domestic debt principal and NPR 42.84 billion toward interest. For external debt, NPR 32.93 billion was paid as principal and NPR 6.61 billion as interest. This expenditure accounts for 4.43% of GDP.

    Currency Fluctuations Add 70 Billion to Debt

    The Public Debt Management Office noted that fluctuations in foreign exchange rates added NPR 70.09 billion to the debt burden by March 2025. Nepal’s external debt is denominated in five foreign currencies under the Special Drawing Rights (SDR) framework: US Dollar, Euro, Pound Sterling, Chinese Yuan, and Japanese Yen. The rise in SDR exchange rates has further increased the external debt liability.

    Challenges and Concerns

    The continuously rising public debt and the growing expenditure on debt servicing are putting pressure on Nepal’s economy. Experts warn that the failure to utilize borrowed funds in productive sectors could pose risks to long-term economic stability. The government needs to focus on effective debt management and utilization in the coming days to address these challenges.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026