
समस्याग्रस्त २३ सहकारीका सञ्चालकले लुकाएको सम्पत्तीबारे सूचना मागNepal's Troubled Cooperative Management Committee Seeks Public Tips on Hidden Assets of 23 Cooperative Directors
काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूले आफ्नो परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा लुकाएको सम्पत्तीसम्बन्धी सूचना सार्वजनिकमा माग गरेको छ।
समितिले सञ्चालकहरूको नामसहितको विस्तृत विवरण सार्वजनिक गर्दै उनीहरूले सहकारी संस्थाको बचत रकम वा सम्पत्ती हिनामिना गरी नाता-सम्बन्धी वा अन्य व्यक्तिको नाममा सम्पत्ति हस्तान्तरण गरेको जानकारी भएमा कार्यालयमा सूचित गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
समितिको सूचनामा भनिएको छ, 'सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।'
यसका साथै समितिले सम्बन्धित सञ्चालकहरूलाई आफ्नो संस्थाको दायित्व फरफारक, ऋण असुली तथा सम्पत्ती र स्रोतसाधनको पहिचान गरी समितिसँग नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ। बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सक्रिय सहयोग नगरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि सूचनामा स्पष्ट उल्लेख गरिएको छ।
समितिले थप भन्दै सार्वजनिक विवरणमा कुनै त्रुटि परेको वा विवरण अद्यावधिक नभएको अवस्थामा सम्बन्धित पक्षले समितिको कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।
उल्लेखनीय छ, पछिल्लो समय देशभर सहकारी संस्थाहरूको बचत रकम हिनामिना भएका घटनाहरू बढेसँगै हजारौं बचतकर्ता मारमा परेका छन्। यस पृष्ठभूमिमा समितिले सञ्चालकहरूको सम्पत्ती पत्ता लगाई बचतकर्ताको रकम फिर्ता गराउन यो अभियान सुरु गरेको बुझिएको छ।
KATHMANDU — The Troubled Cooperative Management Committee has issued a public notice seeking information about assets allegedly concealed by directors of 23 distressed cooperative institutions, urging citizens to come forward if they have knowledge of funds or properties hidden in the names of relatives, family members, or third parties.
The committee, which published a detailed list of the directors by name, made the appeal after growing suspicion that several cooperative heads had siphoned off depositors' savings and transferred wealth to associates to evade accountability.
"If anyone has information that the directors named in the public notice have misappropriated savings or assets of their respective cooperatives and hidden such funds or properties in the names of family members, relatives, or other individuals, all concerned parties are kindly requested to inform this office," the notice read.
Beyond seeking public tips, the committee also issued a direct warning to the implicated directors themselves, instructing them to come forward and assist in settling their institutions' liabilities, recovering outstanding loans, and identifying all assets and resources under their control. The committee urged them to remain in regular contact with officials and cooperate fully in the process of returning depositor savings and managing outstanding obligations.
The notice made clear that failure to comply would result in legal action under prevailing law.
The committee also acknowledged the possibility of clerical errors, asking any party whose details appeared incorrect or outdated in the published list to contact the committee's office for corrections.
The move comes amid a deepening cooperative crisis across Nepal, where thousands of ordinary depositors have been left stranded after numerous institutions collapsed under the weight of mismanagement, fraud, and deliberate asset stripping by those entrusted with their savings. The committee's latest step signals a more aggressive push to trace hidden wealth and restore at least partial relief to affected depositors.


