·
शुल्क नतिरेको भन्दै नेप्सेले गर्यो ब्रोकर नम्बर ९२ को TMS बन्द
Author
Dipesh Ghimire
शेयर बजारको नयाँ एक ब्रोकर कम्पनीको टिएमएस नै नेप्सेले बन्द गरिदिएको छ ।
मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेका कारण ब्रोकर नम्बर ९२ रोड सो ब्रोकर कम्पनीको टीएमएस नेप्सेले बन्द गरिदिएको हो ।
कारोबार नै बन्द भएपछि उक्त ब्रोकरबाट कारोबार गरिरहेका शेयर लगानीकर्ताको विचल्ली भएको छ ।
कारोबार नै बन्द गर्दा समेत ब्रोकर नम्बर ९२ अझै नेप्सेको सम्पर्कमा आएको छैन ।
अब ब्रोकर नम्बर ९२ ले मासिक रुपमा तिर्नुपर्ने माघ देखिको प्रतिमहिना २५ हजार रुपैयाँ र जरिवाना शुल्क ५० हजार तिर्नुपर्ने हुन्छ ।