नेप्से १२.८४ अंकले घटेर २,६६९.३१ बिन्दुमा
Author
Nepse trading

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से १२.८४ अंकले घटेर २,६६९.३१ बिन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले ओरालो लागेको छ ।
आज ३१२ कम्पनीका ९५ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ। बुधबारको तुलनामा कारोबार रकममा कमी आएको छ, जुन दिन ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
बजारमा आज १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको मात्रै मूल्य बढेको छ। दोल्ती पावर कम्पनीको सेयर मूल्य ६.९० प्रतिशतले उकालो लागेर सर्वाधिक वृद्धि भएको छ। त्यस्तै, एसियन हाइड्रोपावर र सिन्धु विकास बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ भने गार्जियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ४ प्रतिशतभन्दा माथि पुगेको छ ।
यता, घटेको बजारमा मिथिला लघुवित्त र भूगोल इनर्जि विकास कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। गरिमा समृद्धि योजनाको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ ।
समूहगत रूपमा हेर्दा १३ मध्ये व्यापार समूहको सूचक ०.२६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहमा गिरावट देखिएको छ। वित्त समूह सर्वाधिक १.२६ प्रतिशतले घटेको छ भने अन्य समूह एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।
नेप्से सूचक २,६०० को मनोवैज्ञानिक तहमा झरेसँगै सेयर बजार थप कमजोर बनेको विश्लेषण गरिएको छ। छोटो समयमै बजार करिव २९०० को उचाइबाट २०० अंकभन्दा बढीले घटिसकेको छ । प्रोफिट बुकिङबाट सुरु भएको यो गिरावट अझै रोकिएको छैन। बजार बढेर नयाँ उचाइमा पुग्ने अपेक्षा गरेका लगानीकर्ताहरू अहिले पर्ख र हेरको अवस्थामा देखिएका छन् ।
लगानीकर्ताहरूले बजारको आगामी दिशा प्रष्ट नभएसम्म सतर्कता अपनाउने रणनीति लिएको बजार विश्लेषकहरूको भनाइ छ ।
टेक्नीकल विश्लेषण
नेप्से परिसूचक हाल लोअर हाई र लोअर लो को संरचनामा देखिएको छ । चार्टअनुसार बजार करिव २९०० को उच्च बिन्दुबाट घटेर २,६६९ मा झरेको छ, इचिमोकु क्लाउडले २,६५०–२,६७० को क्षेत्रमा सपोर्ट प्रदान गरेको देखिन्छ, तर बजारले यो तह भेद्ने जोखिम पनि छ । लगानीकर्ताहरू लोअर हाई पर्खिरहेका छन्, जुन बजारको मन्द प्रवृत्तिको संकेत हो। भोल्युम ४.५६ अर्बमा स्थिर छ, तर बजारमा अनिश्चितता कायमै छ । बजार विश्लेषकहरूले इचिमोकुको सपोर्ट तोडिएमा थप गिरावट आउन सक्ने चेतावनी दिएका छन् ।
बोकर विश्लेषण
आज ब्रोकरहरुको अबस्था हेर्दा १० ठुला बढी कारोबार गर्ने ब्रोकर मध्य ४ वटा ब्रोकरले तुलनात्मक रुपमा बढी बाई गरेका छन् भने ६ वटा ब्रोकरले तुलनात्मक रुपमा बढी सेल गरेका छन् । बिहीबार नेप्सेमा ब्रोकर ५८ ले सर्वाधिक ४१ करोड १२ लाख रुपैयाँको कारोबार गरेको छ, जुन कुल बजारको ४.५०८% हो। ब्रोकर ५८ को खरिद रकम २२,१३,४०,८२७ र बिक्री रकम १८,९८,७९,५३३.६५ रहेको छ। यता, ब्रोकर ४९ ले ३२,८०,३६,२२०.८९ रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा रह्यो, तर उसको नेट होल्डिङ भने ५८,५३,९८८.५१ ले ऋणात्मक छ, जसले बिक्री दबाब देखाउँछ। ब्रोकर ६ ले ३.८३६ को उच्च खरिद÷बिक्री अनुपात देखाए पनि बजारमा समग्र बिक्री दबाब कायमै छ ।
बिक्रीतर्फ ( RIDI ) को ५१,८६५ कित्ता सेयर ब्रोकर ३२ ले ५०.३८% बिक्री गरेको छ भने ( HPPL ) को ४८,९३१ कित्ता ब्रोकर ५८ ले ३९.५५% बिक्री गरेको छ। यता, खरिदतर्फ पनि हाइड्रोपावर नै अगाडि छ, जहाँ ( HPPL ) को ७२,८८१ कित्ता ब्रोकर ५८ ले ५८.९% र हिमाल पावरकै ३९,२८० कित्ता ब्रोकर ६ ले ९५.७८% खरिद गरेको छ । यसले हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको चासो र बिक्री दबाब दुवै देखाउँछ ।