NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. NEPSE Index Drops, Declining Turnover and Breakdown of 50-Day Moving Average
    नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा गिरावट र ५० दिने मुभिङ एभरेज ब्रेकडाउन
    Stock
    2 min read
    Updated on August 21, 2025
    NEPSE trading

    नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा गिरावट र ५० दिने मुभिङ एभरेज ब्रेकडाउनNEPSE Index Drops, Declining Turnover and Breakdown of 50-Day Moving Average

    नेप्से

    नेपाली शेयर बजारको प्रमुख परिसूचक नेप्से साताको अन्तिम कारोबार दिनमा घटेर बन्द भएको छ। यस दिनको कारोबारमा अघिल्लो दिनको गिरावटको क्रमलाई निरन्तरता दिँदै, नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा पुगेको छ। यससंगै सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि क्रमशः ०.५० र ०.२१ अंकले घटेका छन्।

    नेप्सेसँगै यस दिनको कुल कारोबार रकममा पनि गिरावट आएको छ। साताभरी घट्दो क्रममा रहेको कारोबार रकम यस दिन पनि घटेको हो। बुधबार ५ अर्ब २० करोडको शेयर खरिद–बिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ५६,८२४ पटकको कारोबारमा कुल ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ।

    विकास हाइड्रोपावरको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसको शेयरमूल्य ३२ रुपैयाँ १० पैसा बढेर ३५३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। तर, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.६५ प्रतिशतले घटेको छ। अन्य स्टकहरूमा पनि वृद्धि दर ३ प्रतिशतभन्दा कम रहेको छ।

    कारोबार रकमको आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ, जहाँ २४ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने बलेफि हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

    १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको देखिएको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको छ भने अन्य घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

    फण्डामेन्टल विश्लेषकका अनुसार केहि ठूलो समाचारको प्रतिक्षा लगानीकर्ताले गरेकाछन्। विशेष गरी बैंकहरुलाइ शेयरमा लगानी गर्न सहज बनाउनु पर्ने र मार्जिन ट्रेडिङ समेत सहज बनाउनु पर्ने माग लगानीकर्ताको छ। यदी यो पुरा भएको खण्डमा बजारमा सकारात्मकता छाउने पनि विश्लेषण गरीएको छ। यी दुबै कुराको तयारी अन्तीम चरणमा पुगेको समेत केन्द्रीय बैंकको उच्च स्रोतले बताएको छ।

    प्रविधिक विश्लेषण

    शेयर बजारका प्रविधिक विश्लेषक अजित खनालका अनुसार आजको बजारले ५० दिने मुभिङ एभरेजलाई ब्रेकडाउन गर्दै त्यसको तल बन्द भएको छ। पछिल्लो समय बजारले ५० दिने मुभिङ एभरेजमा केही संघर्ष गरिरहेको थियो, तर कम कारोबार रकमका कारण बजार कमजोर देखिएको छ। यद्यपि, बजारको लागि ६१% रिट्रेसमेन्टको स्तरमा केही सकारात्मक प्रतिक्रिया आइलाग्न सक्छ भन्ने आशा गरिएको छ।

    तर, अधिकांश प्राविधिक सूचकाङ्कहरू बजारमा नकारात्मक संकेत देखाउँदै छन्। यदि बजारले ६१% रिट्रेसमेन्टको स्तरलाई पनि ब्रेकडाउन ग¥यो भने बजार अझ नकरात्मक दिशामा जान सक्छ। आजको RSI ४० भन्दा तल देखिएको छ, जुन बजारको कमजोरीको संकेत हो।

    थप रूपमा, आजको कारोबार रकम चैत २६ पछि सबैभन्दा कम देखिएको छ, र बजारले १२ः१० बजेपछि निरन्तर घट्ने प्रवृत्ति अपनाएको छ। १२ः१० बजे देखि ३ बजे सम्म बजारले कुनै नयाँ उच्चतम स्तर बनाएको छैन। १० ठूला ब्रोकरहरूको कारोबारमा पनि समान किनबेच देखिएको छ, जसले बजारको निस्तेज अवस्थालाई पुष्टि गर्दछ।

    NEPSE

    The Nepal Stock Exchange (NEPSE), the primary index of the Nepalese stock market, closed lower on the final trading day of the week. The NEPSE index dropped by 9.22 points, reaching 2757.97 points, continuing the downward trend from the previous day. Along with this, the Sensitive Index dropped by 0.69 points, and both the Float Index and the Sensitive Float Index also decreased by 0.50 and 0.21 points, respectively.

    Along with the NEPSE index, the total trading volume also decreased on this day. The total trading amount, which had been decreasing throughout the week, saw further reduction. On Wednesday, a total of NPR 5.20 billion worth of shares were traded, while on this day, 319 stocks were traded 56,824 times, amounting to a total value of NPR 5.02 billion (equivalent to 168,555,000 shares being bought and sold).

    Shares of Vikas Hydropower were still traded at a positive circuit level, with its share price increasing by NPR 32.10, reaching NPR 353.40 at the close. The share price of Samudayik Laghuvitta Financial Institution increased by about 5%. However, Jan Utthan Community Microfinance Financial Institution saw its share price drop by 4.65%. Most other stocks showed a price increase of less than 3%.

    Based on trading volume, Himalayan Reinsurance was at the top, with NPR 24.09 million worth of shares traded. Nepal Reinsurance Company traded shares worth NPR 20 million, while Balephi Hydropower saw over NPR 14 million worth of shares traded.

    Among 13 subgroups, 1 subgroup saw an increase in its index, while the remaining 12 subgroups saw a decrease. The Life Insurance subgroup's index increased by 0.14%, while the other decreasing subgroups saw a decline of less than 1%.

    According to fundamental analysts, investors seem to be waiting for some significant news, particularly regarding the demand for easing share investment for banks and facilitating margin trading. If these demands are fulfilled, it is expected that the market could see positive movement. Sources from the central bank have confirmed that preparations for these changes are in the final stages.

    Technical Analysis

    Technical analyst Ajit Khanal pointed out that the market broke down below the 50-day moving average, closing beneath it. Recently, the market had been struggling around the 50-day moving average, but it appeared weak due to lower trading volumes. However, there is some hope that a positive response may emerge if the market reacts at the 61% retracement level.

    That said, most technical indicators are signaling negative trends in the market. If the market breaks the 61% retracement level, it could move further into a negative direction. Additionally, the Relative Strength Index (RSI) was below 40 today, indicating weakness in the market.

    Furthermore, the trading volume today was the lowest since Chait 26, and the market showed a continuous downward trend after 12:10 PM. Between 12:10 PM and 3:00 PM, the market did not create any new higher highs, and the trades from the top 10 brokers showed similar buy and sell amounts, confirming the market’s sluggish condition.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026