NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Trending
    3. NEPSE Market Faces Correction After Wednesday's Rise, Investor Confidence Remains Strong
    नेप्से बजारमा बुधबारको वृद्धिको पछि बिहीबार करेक्सन, लगानीकर्तामा विश्वास कायम
    Trending
    2 min read
    Published on May 8, 2025
    NEPSE trading

    नेप्से बजारमा बुधबारको वृद्धिको पछि बिहीबार करेक्सन, लगानीकर्तामा विश्वास कायमNEPSE Market Faces Correction After Wednesday's Rise, Investor Confidence Remains Strong

    नेप्से बजार बुधबारको चर्को वृद्धिको पछि बिहीबार भने उक्त वृद्धि कायम राख्न सकेन। कारोबार अवधिभर सूचकमा उतार चढाव देखिएको थियो, जसले बजारमा अस्थिरता बढायो। आज नेप्से परिसूचक १२.०४ अंक घटेर २६६१.६४ विन्दुमा पुगेको छ।

    बिहीबार ३१५ कम्पनीको तीन करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ, जुन बुधबारको तुलनामा १४.५२ प्रतिशत बढी हो। यस दिन ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाईड्रोपावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र आइसीएफसी फाइनान्स रहेका छन्।

    कारोबारमा आएका कम्पनीहरू मध्ये सिन्धु विकास बैंकको शेयर मूल्यमा सबै भन्दा ठूलो गिरावट देखिएको छ, जसको मूल्य ४.१५ प्रतिशतले घटेको हो। कारोबार रकमका हिसाबले शीर्ष स्थानमा ङादी ग्रुप पावर कम्पनी रहेको छ, जसको ७८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    समूहहरूको मूल्य सूचकको विश्लेषण गर्दा, फाइनान्स समूहमा सर्वाधिक ४.३० प्रतिशतको वृद्धि देखिएको छ। त्यसैगरी, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, र म्युचुएल फण्ड समूहका सूचक पनि बढेका छन्। अन्य समूहहरूमा भने गिरावट आएको छ।

    बजारले केही दबावको सामना गरे पनि कारोबार रकममा वृद्धि देखिएको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता र विश्वास बढेको संकेत गर्दछ। खासगरी, बजारमा करेक्सनका बाबजुत केही सकारात्मक संकेतहरू देखिन थालेका छन्। सेयर बजारका लगानीकर्ताहरूले गभर्नरको नियुक्तिमा भएको ढिलाइलाई गम्भीरताका साथ हेरिरहेका थिए। विशेष गरी, सेयर बजार र समग्र अर्थतन्त्रको पक्षमा गभर्नरको निर्णयको महत्त्वपूर्ण प्रभाव पर्न सक्ने भएकोले लगानीकर्ताले यसलाई एक प्रमुख चासोका साथ अनुगमन गरिरहेका छन्।

    हालसम्म गभर्नर नियुक्त नभएको खबर छ। साथै, बैंक ब्याजदर सस्तो हुनु र प्रणालीमा बढी तरलता रहेको तथ्यले पनि सेयर बजारलाई सघाउने भूमिका खेलिरहेको छ। यसका अलावा, आगामी बजेटको तयारीका कारण सेयर बजारमा नयाँ आशा र सम्भावना देखिएका छन्।

    प्राविधिक विश्लेषण:
    आज नेप्से बजारमा बुलिश क्यान्डलको पछिको सानो करेक्सन देखिएको छ। करेक्सन पछि बजार मिडल ब्यान्ड र पिभोड एरिया आसपासको रेन्जमा स्थिर भएको देखिन्छ। यस समय बजार २०० दिनको मुभिङ एभरेज भन्दा माथि रहेको छ, जुन सकारात्मक संकेत हो। बजारमा हरेक दिन कारोबार रकम बढ्दै गएको छ, जुन लगानीकर्ताहरुको सक्रियता र विश्वासको इङ्गीत हो। लामो समयपछि फाइनान्स सेक्टरमा मुमेन्टम देखिन थालेको छ। यो सेक्टरका कम्पनीहरुको प्रदर्शनमा सुधार देखिने अपेक्षा गरिएको छ।

    ब्रोकरको विश्लेषण:
    आज कारोबारका आधारमा ठूला १० ब्रोकरमध्ये ४ ब्रोकरले तुलनात्मक रूपमा बढी सेल गरेका छन् भने ६ ब्रोकरले बढी बाई गरेका छन्। प्राय कारोबारको आधारमा अग्रस्थानमा रहने ब्रोकर नं. ५८ ले आजको बजारमा कुल १ अर्ब १८ करोडको शेयर खरिद बिक्री गरेको छ। उसले ६७ करोड ६३ लाखको सेयर खरिद गर्दा ५० करोड ५७ लाखको शेयर विक्री गरेको छ। उसका बाई-सेल अनुपात १.३३७ रहेको छ। दोस्रो स्थानमा रहेको ब्रोकर नं. ४२ ले ३८ करोड ७८ लाखको बाई गर्दा ५९ करोड ५३ लाखको सेल गरेको छ। ४५ नं. को ब्रोकरले ४६ करोड ७१ लाखको बाई र ४७ करोड ३९ लाखको सेल गरेको छ।

    The NEPSE market experienced a significant rise on Wednesday, but it was unable to maintain that momentum on Thursday. Throughout the trading session, there was notable volatility, leading to increased market instability. Today, the NEPSE index dropped by 12.04 points, reaching 2661.64 points.

    On Thursday, 315 companies traded a total of 307,99,091 shares worth NPR 11.65 billion, which is a 14.52% increase compared to Wednesday. On this day, 5 companies saw their shares traded at the positive circuit level, including Nepal Micro Insurance Company, Crest Micro Life Insurance, Chyangdi Hydropower, Om Megashree Pharmaceuticals, and IFC Finance.

    Among the companies that traded, Sindhu Development Bank saw the biggest drop in its share price, which decreased by 4.15%. In terms of trading volume, Dadi Group Power Company topped the list, with shares worth NPR 784.5 million being traded.

    Analyzing sector performance, the finance sector saw the highest increase, up by 4.30%. Additionally, the hydropower, life insurance, production and processing, and mutual fund sectors also showed an upward trend, while other sectors saw a decline.

    Although the market faced some pressure, the increase in trading volume signals a rise in investor activity and confidence. Despite the market correction, some positive signals have started to appear. Investors have been closely monitoring the delay in the appointment of the central bank governor, as this decision could significantly affect both the stock market and the overall economy.

    As of now, the governor’s appointment has not been made. Furthermore, low bank interest rates and higher liquidity in the system have played a supportive role in the stock market. Additionally, the preparation of the upcoming budget has sparked new hopes and potential for the stock market.

    Technical Analysis:
    Today, after a bullish candle, the NEPSE market experienced a slight correction. Post-correction, the market has stabilized within the middle band and pivot area range. The market is currently above the 200-day moving average, which is a positive signal. Trading volumes continue to increase daily, indicating rising investor activity and confidence. After a long period, momentum is starting to appear in the finance sector, and improvements in the performance of companies in this sector are expected.

    Broker Analysis:
    Among the top 10 brokers based on trading volumes, 4 brokers sold more compared to buying, while 6 brokers bought more than they sold. The leading broker, number 58, traded a total of NPR 118 million worth of shares today. It bought shares worth NPR 67.63 million and sold shares worth NPR 50.57 million. Its buy-sell ratio is 1.337. The second leading broker, number 42, bought shares worth NPR 38.78 million and sold shares worth NPR 59.53 million. Similarly, broker number 45 bought shares worth NPR 46.71 million and sold shares worth NPR 47.39 million.

    Trending News

    • Trending12 Jun, 2026

      शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

      Read news
    • Trending12 Jun, 2026

      नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

      Read news
    • Trending12 Jun, 2026

      शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा

      Read news

    Related News

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026

  • शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा
    Investor

    3 min read

    शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात
    Top

    2 min read

    फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति
    Investor

    2 min read

    स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति

    NEPSE TRADING

    ·

    12 Jun, 2026