·

नेप्से ७.३९ अंकले बढ्यो : लगानीकर्ता ‘पर्ख र हेर’ मूडमै !

Author

Nepse trading

नेप्से ७.३९ अंकले बढ्यो : लगानीकर्ता ‘पर्ख र हेर’ मूडमै  !

नेप्से

मंसिर १४ गते आइतबारदेखि लगातार गिरावटमा रहेको नेप्से परिसूचक सातौं दिनमा आएर रोकिएको छ । छ दिनसम्म झण्डै ७० अंकले घटेको बजार मंगलबार भने सकारात्मक मोड लिन सफल भयो। आज नेप्से ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि आजको कुल कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजार मंगलबार ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँमा झरेको छ । आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। चार उपसमूह भने आज पनि राताम्मे भए । आज स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक इन्डस्ट्रीज र माथिल्लो मैलुङ खोला जलविद्युतका शेयरले सकारात्मक सर्किट लेभल छुने प्रदर्शन गरे । यसबाहेक अन्य घटेका कम्पनीहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम नै सीमित रह्यो । आज कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको करिब ३१ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि लक्ष्मी सनराइज बैंकको ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब १० करोड रुपैयाँको शेयर किनबेच भएको छ । बजार सात दिनको दबाबपछि आज पहिलोपटक सम्हालिएको देखिए पनि समग्र कारोबार रकम घट्नु भने लगानीकर्ताको सतर्कता झल्काउने संकेतको रूपमा हेरिएको छ ।

प्राविधिक विश्लेषण

नेप्से परिसूचक आज महत्वपूर्ण टेक्निकल सपोर्ट क्षेत्रमा आएर मजबुद प्रतिक्रिया देखिएको छ । ५०– दिने मूभिङ एभरेज, बोलिन्जर मिडल ब्यान्ड र आरोही ट्रेन्डलाइन सपोर्टलाई परीक्षण गर्दै बजार हरियो बनेको हो । तर, बजारले हिजोको क्यान्डल हाई ब्रेक गर्न नसक्नुले अझै ट्रेन्ड कमजोर रहेको र लगानीकर्ता ‘पर्ख र हेर’ स्थितिमै रहेको संकेत गरेको छ । जसलाई वान क्याण्डल बाईको प्रतिक्षा रहेको आंकलन गर्न सकिन्छ ।

विश्लेषक अजित खनालका अनुसार च्क्क्ष् अहिले न्यूटल जोन (करिब ५०) मा पुगेको छ, जसले बजार न त अति बिक्रि, न त अति खरिद अवस्थामै छ भन्ने देखाउँछ ।

तर आज कारोबार रकम घट्नु—बजार हरियो हुँदा समेत कारोबार कम हुनु—ट्रेन्डको कमजोरीलाई झनै बलियो बनाएको छ । बजार आज ग्याप–अप ओपन भएको थियो र १२ः२४ बजे दिनको उच्च बिन्दु (डे हाई) बनाएको थियो । तर त्यसपछि लगत्तै बजार कमजोर हुँदै गयो।

अन्तिम ट्रेडिङ मिनेटमा भने बजार एकाएक सुधारिँदै ६ अंकभन्दा बढीले बढेको थियो, जसले केही शोर्ट–टर्म बाइङ देखा परेको संकेत गर्छ। आज बैंकिङ सेक्टरमा कारोबारको हिस्सा बढेको देखियो । तर हाइड्रो सेक्टरको कारोबार हिस्सा झण्डै ४८% सम्म पुगेको छ, जसले बजारको सक्रियता मुख्यतः उर्जा उपसमूहमै केन्द्रित रहेको देखाउँछ।

अन्य सेक्टरहरूको कारोबार नगन्य देखिएको छ ।

ब्रोकर विश्लेषण

१० वटा ठूला ब्रोकरहरूको ट्रेडिङ गतिविधि हेर्दा ६ ब्रोकरले बेचेको भन्दा धेरै किनेका छन् । यसले बजारमा केही संस्थागत तथा प्रोफेशनल बाइङ समर्थन रहेको संकेत गर्छ । लगातार ठूला ब्रोकरबाट बेचेको अबस्थामा आज केहि ठूला लगानीकर्ता केहि मात्रामा प्रवेस गरेको आंकलन गर्न सकिन्छ । आजको बजारमा ५८,३४,६२ र ५७ नं. ब्रोकरबाट तुलनात्मक रुपमा बढी सेल भएको देखिन्छ । त्यस्तै, ४९,४५,४८,२८,४२ र ४४ नं.का ब्रोकरबाट भने तुलनात्मक रुपमा बढी बाई भएको छ । त्यस्तै स्टक अनुसार हेर्दा SBL ३३ नं.को ब्रोकरबाट ५३ हजार कित्ता अर्थत कुल बाईको ८१ प्रतिशत लगानीकर्ताले खरीद गरेको देखिन्छ । यसको एभरेज बाई ३५१ रहेको छ । त्यस्तै SHIVM ८१ नं. ब्रोकरबाट लगानीकर्ताले ५१ हजार कित्ता अर्थत कुल बाईको ३७ प्रतिशत खरीद गरेको देखिन्छ । त्यस्तै MMKJL ४८ बाट ४६ हजार कित्ता बाई भएको छ । यता सेल तर्फ भने LSL ५८ बाट ४ लाख ३१ हजार कित्ता सेल भएको छ । जुन कुल सेलको ८८ प्रतिशत हो । यसको एभरेज मूल्य २२८ रहेको देखिन्छ । यता SHIVM ८१ बाट ६१ हजार कित्ता सेल भयो भने NBL ४८ बाट ५५ हजार कित्ता सेल भएको छ ।

Related News