NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. NEPSE rises by 7.39 points: Investors in 'wait and see' mood !
    नेप्से ७.३९ अंकले बढ्यो : लगानीकर्ता ‘पर्ख र हेर’ मूडमै  !
    Stock
    3 min read
    Published on December 9, 2025
    Nepse trading

    नेप्से ७.३९ अंकले बढ्यो : लगानीकर्ता ‘पर्ख र हेर’ मूडमै !NEPSE rises by 7.39 points: Investors in 'wait and see' mood !

    नेप्से

    मंसिर १४ गते आइतबारदेखि लगातार गिरावटमा रहेको नेप्से परिसूचक सातौं दिनमा आएर रोकिएको छ । छ दिनसम्म झण्डै ७० अंकले घटेको बजार मंगलबार भने सकारात्मक मोड लिन सफल भयो। आज नेप्से ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि आजको कुल कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजार मंगलबार ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँमा झरेको छ । आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। चार उपसमूह भने आज पनि राताम्मे भए । आज स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक इन्डस्ट्रीज र माथिल्लो मैलुङ खोला जलविद्युतका शेयरले सकारात्मक सर्किट लेभल छुने प्रदर्शन गरे । यसबाहेक अन्य घटेका कम्पनीहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम नै सीमित रह्यो । आज कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको करिब ३१ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि लक्ष्मी सनराइज बैंकको ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब १० करोड रुपैयाँको शेयर किनबेच भएको छ । बजार सात दिनको दबाबपछि आज पहिलोपटक सम्हालिएको देखिए पनि समग्र कारोबार रकम घट्नु भने लगानीकर्ताको सतर्कता झल्काउने संकेतको रूपमा हेरिएको छ ।

    प्राविधिक विश्लेषण

    नेप्से परिसूचक आज महत्वपूर्ण टेक्निकल सपोर्ट क्षेत्रमा आएर मजबुद प्रतिक्रिया देखिएको छ । ५०– दिने मूभिङ एभरेज, बोलिन्जर मिडल ब्यान्ड र आरोही ट्रेन्डलाइन सपोर्टलाई परीक्षण गर्दै बजार हरियो बनेको हो । तर, बजारले हिजोको क्यान्डल हाई ब्रेक गर्न नसक्नुले अझै ट्रेन्ड कमजोर रहेको र लगानीकर्ता ‘पर्ख र हेर’ स्थितिमै रहेको संकेत गरेको छ । जसलाई वान क्याण्डल बाईको प्रतिक्षा रहेको आंकलन गर्न सकिन्छ ।

    विश्लेषक अजित खनालका अनुसार च्क्क्ष् अहिले न्यूटल जोन (करिब ५०) मा पुगेको छ, जसले बजार न त अति बिक्रि, न त अति खरिद अवस्थामै छ भन्ने देखाउँछ ।

    तर आज कारोबार रकम घट्नु—बजार हरियो हुँदा समेत कारोबार कम हुनु—ट्रेन्डको कमजोरीलाई झनै बलियो बनाएको छ । बजार आज ग्याप–अप ओपन भएको थियो र १२ः२४ बजे दिनको उच्च बिन्दु (डे हाई) बनाएको थियो । तर त्यसपछि लगत्तै बजार कमजोर हुँदै गयो।

    अन्तिम ट्रेडिङ मिनेटमा भने बजार एकाएक सुधारिँदै ६ अंकभन्दा बढीले बढेको थियो, जसले केही शोर्ट–टर्म बाइङ देखा परेको संकेत गर्छ। आज बैंकिङ सेक्टरमा कारोबारको हिस्सा बढेको देखियो । तर हाइड्रो सेक्टरको कारोबार हिस्सा झण्डै ४८% सम्म पुगेको छ, जसले बजारको सक्रियता मुख्यतः उर्जा उपसमूहमै केन्द्रित रहेको देखाउँछ।

    अन्य सेक्टरहरूको कारोबार नगन्य देखिएको छ ।

    ब्रोकर विश्लेषण

    १० वटा ठूला ब्रोकरहरूको ट्रेडिङ गतिविधि हेर्दा ६ ब्रोकरले बेचेको भन्दा धेरै किनेका छन् । यसले बजारमा केही संस्थागत तथा प्रोफेशनल बाइङ समर्थन रहेको संकेत गर्छ । लगातार ठूला ब्रोकरबाट बेचेको अबस्थामा आज केहि ठूला लगानीकर्ता केहि मात्रामा प्रवेस गरेको आंकलन गर्न सकिन्छ । आजको बजारमा ५८,३४,६२ र ५७ नं. ब्रोकरबाट तुलनात्मक रुपमा बढी सेल भएको देखिन्छ । त्यस्तै, ४९,४५,४८,२८,४२ र ४४ नं.का ब्रोकरबाट भने तुलनात्मक रुपमा बढी बाई भएको छ । त्यस्तै स्टक अनुसार हेर्दा SBL ३३ नं.को ब्रोकरबाट ५३ हजार कित्ता अर्थत कुल बाईको ८१ प्रतिशत लगानीकर्ताले खरीद गरेको देखिन्छ । यसको एभरेज बाई ३५१ रहेको छ । त्यस्तै SHIVM ८१ नं. ब्रोकरबाट लगानीकर्ताले ५१ हजार कित्ता अर्थत कुल बाईको ३७ प्रतिशत खरीद गरेको देखिन्छ । त्यस्तै MMKJL ४८ बाट ४६ हजार कित्ता बाई भएको छ । यता सेल तर्फ भने LSL ५८ बाट ४ लाख ३१ हजार कित्ता सेल भएको छ । जुन कुल सेलको ८८ प्रतिशत हो । यसको एभरेज मूल्य २२८ रहेको देखिन्छ । यता SHIVM ८१ बाट ६१ हजार कित्ता सेल भयो भने NBL ४८ बाट ५५ हजार कित्ता सेल भएको छ ।

    NEPSE

    The NEPSE index, which has been in a continuous decline since Sunday, November 14, has stopped for the seventh day. The market, which had fallen by almost 70 points for six days, managed to take a positive turn on Tuesday. Today, the NEPSE rose by 7.39 points to 2614.07 points. Despite the improvement in the index, today's total trading volume has decreased. The market, which had a share turnover of Rs 4.66 billion on Monday, fell to Rs 3.755 billion on Tuesday. Today, the indices of 9 out of 13 subgroups increased. Development Bank, Finance, Hotel and Tourism, Hydropower, Investment, Life Insurance, Production and Processing, Mutual Fund and Other subgroups showed a general improvement. Four subgroups also fell overnight today. Today, shares of Swastik Laghubitta, Srinagar Agritech Industries and Upper Mailung Khola Hydropower showed a positive circuit level. Apart from this, the decline rate of other declining companies was limited to less than 4 percent. Today, Ngadi Group Power topped the list in terms of trading volume. Shares of the company worth about Rs 319.2 million were traded. After that, Lakshmi Sunrise Bank traded more than Rs 110 million, while shares of Radhi Vidyut Company were traded worth about Rs 100 million. Although the market appeared to be recovering for the first time after seven days of pressure, the decrease in overall trading volume is seen as a sign of investor caution.

    Technical Analysis

    The NEPSE index has shown a strong reaction today after reaching an important technical support area. The market has turned green by testing the 50-day moving average, Bollinger middle band and ascending trendline support. However, the market's failure to break yesterday's candle high indicates that the trend is still weak and investors are in a 'wait and see' mode. Which can be interpreted as waiting for a one-candle buy.

    According to analyst Ajit Khanal, the index has now reached the neutral zone (around 50), which indicates that the market is neither oversold nor overbought.

    But the decline in trading volume today—even when the market is green—has further reinforced the weakness of the trend. The market had gapped up today and made a high point of the day (day high) at 12:24 PM. But the market weakened immediately after that.

    In the last trading minute, the market recovered abruptly and rose by more than 6 points, indicating that some short-term buying has occurred. Today, the share of trading in the banking sector increased. However, the share of trading in the hydro sector has reached almost 48%, which indicates that the market activity is mainly concentrated in the energy subgroup.

    Trading in other sectors has been negligible.

    Broker analysis

    Looking at the trading activity of 10 major brokers, 6 brokers have bought more than they sold. This indicates that there is some institutional and professional buying support in the market. In the context of continuous selling by large brokers, it can be estimated that some large investors have entered the market to some extent today. In today's market, it seems that there has been a relatively high sale from brokers No. 58,34,62 and 57. Similarly, there has been a relatively high buy from brokers No. 49,45,48,28,42 and 44. Similarly, looking at the stock, it seems that investors have bought 53 thousand units from broker No. 33, i.e. 81 percent of the total buy. Its average buy is 351. Similarly, investors have bought 51 thousand units from broker No. 81, i.e. 37 percent of the total buy. Similarly, 46 thousand units have been bought from MMKJL 48. On the other hand, on the sell side, 4 lakh 31 thousand units have been sold from LSL 58. Which is 88 percent of the total sell. Its average price is 228. Meanwhile, 61,000 shares were sold from SHIVM 81, while 55,000 shares were sold from NBL 48.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026