स्थगित वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रकाशित मिति : २०८३/०४/०१ गते
यस संस्थाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा मिति २०८३ साल असार २२ गतेका लागि आह्वान गरिएकोमा कम्पनी ऐन, २०६३ तथा संस्थाको प्रबन्धपत्र/नियमावली बमोजिम आवश्यक गणपूरक संख्या (Quorum) नपुगेकाले उक्त सभा स्थगित भएको व्यहोरा सम्बन्धित सबै शेयरधनीहरुलाई जानकारी गराइन्छ।
कम्पनी ऐन २०६३ को दफा ६७ को उपदफा (२) तथा संस्थाको नियमावलीको नियम ४ को उपनियम (५) मा भएको व्यवस्था अनुसार स्थगित भएको साधारण सभा उपर पूर्ववत जारी सूचनामा भएका प्रस्तावहरु नै हुने गरी साधारण सभा सम्पन्न गर्नको लागि संस्थाको सञ्चालक समितिको मिति २०८३ असार २२ गते बसेको ३११ औं बैठकको निर्णयअनुसार स्थगित ११ औं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा पुनः सञ्चालन गरिने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
साधारण सभा हुने मिति, समय र स्थान:
मिति : २०८३/०४/१० गते आइतबार (तदनुसार २६ जुलाई २०२६)
समय : बिहान ११ बजे
स्थान : ट्वाइट प्लेसेस ब्याङ्क्वेट, मध्यपुर थिमी-३, भक्तपुर, कौशलटार
प्रोक्सी सम्बन्धी व्यवस्था:
२०८३ असार २२ गतेको वार्षिक साधारण सभाका लागि विधिवत दर्ता भएका प्रोक्सी (Proxy) हरु स्थगित वार्षिक साधारण सभामा समेत स्वतः मान्य हुनेछन्। सम्बन्धित शेयरधनीले प्रोक्सी परिवर्तन गर्न चाहेमा वा नयाँ प्रतिनिधि (प्रोक्सी) दर्ता गर्नुपरेमा सभा हुनु भन्दा ७२ घण्टा अगावै नयाँ प्रोक्सी फाराम पेश गर्न सक्नेछैनन्।
यस सूचनामा उल्लेख नभएका विषयहरु कम्पनी ऐन, २०६३ तथा संस्थाको प्रबन्धपत्र/नियमावली बमोजिम हुनेछन्।
आज्ञाले
(कम्पनी सचिव)


