कम्पनी ऐन, २०६३ को दफा ७५ (३) बमोजिम प्रकाशित अठ्ठाईसौं वार्षिक साधारण सभाको कामकारबाहीको विवरण (माइन्यूट)
१. वैधानिक सभा :
एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयानुसार बोलाईएको अठ्ठाईसौं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष श्री अशोक कुमार अग्रवालज्यूको अध्यक्षतामा देहाय बमोजिम सु-सम्पन्न भयो ।
२. सभा बसेको मिति, स्थान र समय :
मिति : २०८३ जेष्ठ १८ गते, सोमबार (तदनुसार १ जुन २०२६) ।
समय : बिहान ९:०० बजे ।
स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।
३. सभाको सूचना तथा आवश्यक विवरण:
अठ्ठाईसौं वार्षिक साधारण सभा बस्ने बारेको सूचना मिति २०८३।०१।२२ को राष्ट्रिय दैनिक पत्रिका “कारोबार” मा र उक्त साधारण सभाको सूचना र संक्षिप्त वार्षिक आर्थिक विवरण मिति २०८३।०२।१४ गतेको राष्ट्रिय दैनिक पत्रिका “आर्थिक अभियान” मा प्रकाशित गरिनुका साथै बैंकको वेवसाईटमा समेत राखी शेयरधनी महानुभावहरुलाई सार्वजनिक रुपले सूचित गरिएको थियो ।
साधारण सभा बस्ने बारेको सूचना तथा आर्थिक वर्ष २०८१/८२ को आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन शेयरधनीहरुले बैंकलाई उपलब्ध गराउनु भएको ठेगानामा समेत पठाइएको थियो ।
४. गणपूरक संख्या एवम् वैधानिकता :
कुल शेयर संख्या स्वयं उपस्थित शेयरधनी संख्या प्रतिनिधिपत्रद्वारा उपस्थित शेयरधनी संख्या जम्मा उपस्थित शेयरधनी संख्या उपस्थित कुल शेयर संख्या बाँडफाँड भएको शेयरको सभामा प्रतिनिधित्व प्रतिशत
१४,९१,७५,६६९ ७७२ २८४ १,०५६ ८,४६,६१,६०१ ५६.७५%
- सञ्चालकहरुको उपस्थिति:
- श्री अशोक कुमार अग्रवाल - अध्यक्ष (संस्थापक समूह)
- श्री त्रिलोक चन्द अग्रवाल - सञ्चालक (संस्थापक समूह)
- श्री रामचन्द्र संघई - सञ्चालक (संस्थापक समूह)
- श्री राम कृष्ण खतिवडा - स्वतन्त्र सञ्चालक
- श्री आदित्य कुमार अग्रवाल - सञ्चालक (सर्वसाधारण समूह)
- श्री केशव प्रसाद लम्साल - सञ्चालक (सर्वसाधारण समूह)
- श्रीमती अनुपा प्रधान राजभण्डारी - सञ्चालक (सर्वसाधारण समूह) (भिडियो कन्फरेन्स मार्फत)
- सभाको निर्णय :
(क) सामान्य प्रस्ताव :
- छलफलको लागि साधारण सभामा प्रस्तुत विषयसूची (१) अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को लागि सञ्चालक समितिको प्रतिवेदन छलफल भइसकेकोले सो लाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
- विषयसूची (२) अन्तर्गत लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व. २०८१/८२ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नको लागि राखिएको प्रस्ताव साधारण सभामा छलफल भइसकेकोले सो लाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
- विषयसूची (३) अन्तर्गत यस बैंक तथा बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. तथा एन आई सी एशिया क्यापिटल लि. को आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्नको लागि राखिएको प्रस्ताव उपर साधारण सभामा छलफल भइसकेकोले सो लाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
- विषयसूची (४) अन्तर्गत लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव साधारण सभामा प्रस्तुत भएपछि लेखापरीक्षण समितिले निर्धारण गरेको Criteria अनुसार पहिलो प्राथमिकतामा M/S S.A.R. Associates, Chartered Accountants, दोश्रोमा M/S B.R.S. Neupane & Co, Chartered Accountants, तेश्रोमा M/S G.P. Rajbahak & Co, Chartered Accountants र चौथोमा M/S R.S.M.A. Associates, Chartered Accountants नियुक्त गर्न सिफारिस गरेकोमा मिति २०८२/०१/२७ मा सम्पन्न लेखापरीक्षण समितिको ३४०औं बैठकको सिफारिस बमोजिम पहिलो प्राथमिकतामा रहेको M/S S.A.R. Associates, Chartered Accountants लाई आ.व. २०८२/८३ को बाह्य लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र बाह्य लेखापरीक्षकले गर्नुपर्ने लेखापरीक्षण, कर लेखापरीक्षण, Long Form Audit Report (LFAR), Certification of Annual Report related to Corporate Governance Directive Issued to Listed Institution-2074, कम्पनी ऐन अन्तर्गतका अन्य आवश्यक प्रतिवेदन प्रमाणित गर्ने लगायतका सम्पूर्ण आवश्यक कार्यका लागि (सो कार्यको सिलसिलामा भैपरी आउने यातायात लगायतका सम्पूर्ण खर्चहरु समेत गरी) निजलाई मूल्य अभिवृद्धि कर (VAT) सहित रु. ५२,२५०/- (अक्षरेपी बाउन्न लाख छब्बीस हजार दुई सय पचास रुपैयाँ मात्र) पारिश्रमिक प्रदान गर्ने प्रस्ताव निर्णयार्थ साधारण सभामा पेश भएकोमा उक्त प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
- विषयसूची (५) अन्तर्गत मिति २०७८/१२/२० मा सम्पन्न यस बैंकको २४औं वार्षिक साधारण सभाको निर्णयानुसार संस्थापक शेयरधनी समूहबाट ४ वर्षको लागि निर्वाचित सञ्चालक श्री तुलसीराम अग्रवालज्यूले मिति २०८२/०१/०४ मा सञ्चालक तथा अध्यक्षको पदबाट राजिनामा दिनुभएकोमा निजको राजिनामा मिति २०८२/०१/०६ मा सम्पन्न सञ्चालक समितिको ८४३औं बैठकको निर्णयानुसार स्वीकृत गरिएकोले निजको राजिनामा स्वीकृत गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
भएकोमा मिति २०८०/०१/०२ मा सम्पन्न सञ्चालक समितिको ८४३औं बैठकको निर्णयानुसार निजको बाँकी कार्यकालको लागि काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २, लाजिम्पाट (स्थायी ठेगाना धरान वडा नं. ५, सुनसरी) निवासी श्री अशोक कुमार अग्रवालज्यूलाई स्वतन्त्र सञ्चालकको रुपमा ४ वर्ष कार्यकालको लागि नियुक्त गरेको निर्णयलाई अनुमोदन गर्नको लागि राखिएको प्रस्तावलाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
५. विषयसूची (५) अन्तर्गत मिति २०७८/१२/२० मा सम्पन्न यस बैंकको २४औं वार्षिक साधारण सभाको निर्णयानुसार सर्वसाधारण शेयर धनी समूहबाट ४ वर्षको लागि निर्वाचित सञ्चालक श्री गणेश मान श्रेष्ठज्यूले मिति २०८०/०१/१८ मा सञ्चालक पदबाट राजिनामा दिनु भएकोमा मिति २०८०/०१/२० मा सम्पन्न सञ्चालक समितिको ८४४औं बैठकको निर्णयानुसार स्वीकृत भएकोमा मिति २०८०/०१/२२ मा सम्पन्न सञ्चालक समितिको ८४६औं बैठकको निर्णयानुसार निजको बाँकी कार्यकालको लागि ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १० निवासी श्री अनुपा प्रधान राजभण्डारीज्यूलाई नियुक्त गरेको निर्णयलाई अनुमोदन गर्नको लागि राखिएको प्रस्तावलाई पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
६. विषयसूची (६) अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकको लागि निर्वाचन गर्ने प्रस्ताव सम्बन्धमा निर्वाचन अधिकृत श्री लीलामणि पौडेलज्यूले निर्वाचन परिणाम बारे सभालाई जानकारी दिनुहुँदै वार्षिक साधारण सभामा संस्थापक समूहको शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नु हुने सञ्चालक ३ जना र सर्वसाधारण समूहको शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नु हुने सञ्चालक ३ जना गरी कूल ६ जना सञ्चालकहरुको निर्वाचन कार्यक्रम रहेको र निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको निर्वाचन कार्यतालिका बमोजिम बैंकमा निम्नानुसार ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित हुनु भएको घोषणा गर्नुभएको बारे सभाले जानकारी लियो ।
१) श्री अशोक कुमार अग्रवाल सञ्चालक (संस्थापक शेयरधनी समूह)
२) श्री रामचन्द्र संघई सञ्चालक (संस्थापक शेयरधनी समूह)
३) श्री जयन्त कुमार अग्रवाल सञ्चालक (संस्थापक शेयरधनी समूह)
४) श्री आदित्य कुमार अग्रवाल सञ्चालक (सर्वसाधारण शेयरधनी समूह)
५) श्री केशव प्रसाद लम्साल सञ्चालक (सर्वसाधारण शेयरधनी समूह)
६) श्रीमती अनुपा प्रधान राजभण्डारी सञ्चालक (सर्वसाधारण शेयरधनी समूह)
(ख) विशेष प्रस्ताव :
- विषयसूची (१) अन्तर्गत प्रचलित कानून एवं नियमनकारी व्यवस्थाहरुको अधिनमा रही सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त भएपश्चात सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको तत्काल कायम रहेको साधारण शेयरको चुक्ता पूँजी रु. १४,२९,८४०,०२२/- (अक्षरेपी चौध अर्ब उनन्तीस करोड चौरासी लाख बाईस रुपैयाँ) लाई २:१ अनुपातमा रु. ७,१४,९२०,०११/- (अक्षरेपी सात अर्ब चौध करोड बानब्बे लाख एघार रुपैयाँ) बराबरको प्रति कित्ता रु. १००/- (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७,१४,९२०,०११ (सात करोड चौध लाख बानब्बे हजार एघार) कित्ता हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो । साथै, हकप्रद शेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
- विषयसूची (२) अन्तर्गत बैंकको साविक अधिकृत पूँजी रु. १९,००,००,०००/- (अक्षरेपी उन्नाईस अर्ब रुपैयाँ) लाई वृद्धि गरी रु. २७,३७,८३,५०,४२२/- (अक्षरेपी सताईस अर्ब सैंतीस करोड त्रिसठ्ठी लाख पचास हजार चार सय बाईस रुपैयाँ) बनाउन, साविक तत्काल जारी पूँजी रु. १९,२९,८४०,०२२/- (अक्षरेपी उन्नाईस अर्ब उनन्तीस करोड चौरासी लाख बाईस रुपैयाँ) लाई वृद्धि गरी रु. २७,३७,८३,५०,४२२/- (अक्षरेपी सताईस अर्ब सैंतीस करोड त्रिसठ्ठी लाख पचास हजार चार सय बाईस रुपैयाँ) बनाउन र साविक तत्काल चुक्ता पूँजी रु. १४,२९,८४०,०२२/- (अक्षरेपी चौध अर्ब उनन्तीस करोड चौरासी लाख बाईस रुपैयाँ) लाई वृद्धि गरी रु. २७,३७,८३,५०,४२२/- (अक्षरेपी सताईस अर्ब सैंतीस करोड त्रिसठ्ठी लाख पचास हजार चार सय बाईस रुपैयाँ) बनाउन स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
- विषयसूची (३) अन्तर्गत बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको विशेष प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
- विषयसूची (४) अन्तर्गत प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा सम्बन्धित निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको विशेष प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
- विषयसूची (५) यस बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २८ कमलादी, प्रज्ञा मार्ग ५१ मा अवस्थित बैंकको आफ्नै भवनमा कायम गर्ने विशेष प्रस्ताव पारित गरियोस् भनी निर्णयार्थ पेश भएको विशेष प्रस्ताव साधारण सभाले सर्वसम्मतले पारित गर्यो ।
(ग) विविध
विषयसूची विविध अन्तर्गत मिति २०८०/०६/०२ मा स्वतन्त्र सञ्चालक श्रीमती विजया स्वारको कार्यकाल समाप्त भएकोमा मिति २०८०/०१/२० मा सम्पन्न सञ्चालक समितिको ८४४ औं बैठकले ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ४ (स्थायी ठेगाना खोपासी वडा नं. ४, काभ्रे) निवासी श्री राम कृष्ण सतिवडाज्यू (ना.प्र.नं. ५६४८७/१३३७) लाई स्वतन्त्र सञ्चालकको रुपमा ४ वर्ष कार्यकालको लागि नियुक्त गरेको सभाले जानकारी लियो ।
६. धन्यवाद ज्ञापन तथा सभा विसर्जन :
अध्यक्षज्यूले बैंकको अठ्ठाईसौं वार्षिक साधारण सभामा सहभागी भई आफ्नो अमूल्य राय सुझाव दिई साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरिदिनुभएकोमा आदरणीय शेयरधनी महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । साथै, आगामी दिनहरुमा पनि सबैले यसै साथ सहयोग र हौसला प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै उपस्थित सम्पूर्ण शेयरधनी महानुभावज्यूहरु, नियामक निकायका प्रतिनिधिज्यूहरु, सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृतज्यू, बैंकका पदाधिकारीहरु समस्त कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गर्दै बैंकको अठ्ठाईसौं वार्षिक साधारण सभा समापन भएको घोषणा गर्नुभयो ।




