काठमाडौँ — एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ आगामी मंसिर ११ गते एक दिन बुक क्लोज (सेयर दाखिला खारेज बन्द) गर्ने निर्णय गरेको छ। बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ बराबर १ (१:०.५०) अनुपातमा हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको हो।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको छ। यस निष्कासनमार्फत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको थप पुँजी संकलन गर्ने लक्ष्य राखेको छ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ, जुन हकप्रद सेयरको बाँडफाँटपश्चात् २२ अर्ब ३७ करोड ६३ लाख ५० हजार ४२२ रुपैयाँ पुग्नेछ।
बुक क्लोजको निर्णयअनुसार आगामी मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। बैंकले पुँजी कोष सुदृढीकरण र व्यवसाय विस्तारका लागि हकप्रद सेयरको बाटो रोजेको हो।
KATHMANDU — NIC Asia Bank Limited has announced a one-day book closure on November 26 (Mangsir 11) to finalize shareholder eligibility for its upcoming 50 percent rights share issuance. The decision was made during the bank's board of directors meeting held on November 17 (Mangsir 2), paving the way to issue rights shares at a ratio of 2:1 (1:0.50) based on its existing paid-up capital.
Under this offering, the bank will float a total of 74,587,835 rights shares at a face value of NPR 100 per share, aiming to raise NPR 7.458 billion in additional capital. Currently, NIC Asia Bank maintains a paid-up capital of NPR 14.917 billion, which will expand to NPR 22.376 billion following the full allotment of the rights shares.
As per the book closure notice, shareholders who hold shares traded on the Nepal Stock Exchange (NEPSE) up to November 25 (Mangsir 10) will be eligible to subscribe to the rights offering. The bank is pursuing the capital injection to strengthen its capital adequacy ratio and support future business expansion.