धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
एन आई सी एशिया बैंक म्युचुअल फण्ड
अन्तर्गत सञ्चालन हुने
एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड
NIC ASIA Equity Opportunity Fund
को
इकाईको बाँडफाँड बारेको सूचना
एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड (NIC ASIA Equity Opportunity Fund) को प्रति इकाई अंकित मूल्य रु.१०/- अंकित दरको ८,००,००,००० (आठ करोड) इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १,२०,००,००० (एक करोड बीस लाख) इकाई अर्थात रु.१२,००,००,०००/- (अक्षरेपी बाह्र करोड मात्र) वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रवर्द्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६,८०,००,००० (छ करोड असी लाख) इकाई मिति २०८३ आश्विन ७ गतेदेखि मिति २०८३ आश्विन १३ गतेसम्म संघ संस्था/सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधि भित्र रितपूर्वक आवेदन दिनुहुने आवेदकहरुलाई देहाय बमोजिमको मिति, समय र स्थानमा बाँडफाँड गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
बाँडफाँड गरिने मिति, समय र स्थान:
मिति : २०८३ आश्विन २१ गते बुधबार ।
समय : बिहान ११ : ०० बजे ।
स्थान : एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली-११, काठमाण्डौ ।



