धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
एन आई सी एशिया बैंक म्युचुअल फण्ड
अन्तर्गत सञ्चालन हुने
एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फण्ड
NIC ASIA Equity Opportunity Fund
को
इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला बारेको सूचना
एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फण्ड (NIC ASIA Equity Opportunity Fund) को प्रति इकाई अंकित मूल्य रु.१०/- अंकित दरको ८,००,००,००० (आठ करोड) इकाई मध्ये बीज पूँजी बापत न्यूनतम १,२०,००,००० (एक करोड बीस लाख) इकाई अर्थात रु.१२,००,००,०००/- (अक्षरेपी बाह्र करोड मात्र) वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रवर्द्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६,८०,००,००० (छ करोड असी लाख) इकाई आज मिति २०८३ आश्विन ७ गते बुधबार देखि कुनै पनि संघ संस्था/सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
दरखास्त दिनुपर्ने न्यूनतम : १०० इकाई दरखास्त दिन पाउने अधिकतम : १,००,००,००० इकाई
विवरण-पत्र हेर्न तथा प्राप्त गर्न सकिने स्थानहरु :
सि.नं. विवरण-पत्र हेर्न तथा प्राप्त गर्न सकिने स्थानहरु :



