एनआईएमबि एस क्यापिटल लिमिटेडको
चौधौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३ आश्विन २८ गते बुधबार)
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०६/२७ गतेका दिन बसेको संचालक समितिको १५७औँ बैठकले निर्णय गरे अनुसार यस कम्पनीको चौधौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, समय तथा स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०७/२० गते (तदनुसार नोभेम्बर ६, २०२६), शुक्रबार ।
समय : बिहान ११:३० बजे ।
स्थान : एनआईएमबि एस क्यापिटल लि. को सभाहल, लाजिम्पाट, काठमाडौँ ।
छलफलका विषय
क) सामान्य प्रस्तावहरू :
१) आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३२, २०८३ मा समाप्त भएको आर्थिक वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।
३) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम शेयर चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम रु. २०,००,००,०००/- नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्न संचालक समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने ।
ख) विशेष प्रस्तावहरू :
१) आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम पारित गर्ने ।
ग) विविध ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव



