एन.आई.एम.बि. स्टक मार्केट्स लिमिटेडको
चौथो वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०३
यस एन.आई.एम.बि. स्टक मार्केट्स लिमिटेडको मिति २०८३ साल आश्विन १ गते बसेको ६२औं सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको चौथो वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल आश्विन २६ गते, सोमबार (तदनुसार 12th October 2026)
समय : दिउँसो ३:३० बजे ।
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालय, आई.टी. प्लाजा, कमलादी-२८, काठमाण्डौ ।
छलफलका विषयहरु :
(क) साधारण प्रस्तावहरु
- अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०८२/०८३ पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८२/०८३ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित वित्तीय विवरणहरु पारित गर्ने ।
- कम्पनीको आ.व २०८२/८३ को मुनाफा तथा रिजर्भ कोषबाट कम्पनीको चुक्ता पुँजीको ३.७५ प्रतिशत (कर सहित) हुन आउने रकम रु. २,२५,००,०००।- (अक्षरेपी दुई करोड पच्चिस लाख) कम्पनीको शेयरधनीलाई नगद लाभांश वितरण गर्ने ।
- कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- कम्पनीको प्रचलित कानुन, नियमावली तथा सम्बन्धित नियामकीय व्यवस्था बमोजिम कम्पनीमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।
(ख) विविध
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव



