एनएमबि म्युचुअल फण्ड
अन्तर्गत संचालित
एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड -२ र एनएमबि हाईब्रिड फण्ड एल-२ योजनाहरूको
इकाईधनीहरूलाई आ.व. २०८२/८३ को प्रतिफल वितरण तथा विभिन्न योजनाहरूका पुरानो प्रतिफल र रकम फिर्ता लिन बाँकी रहेका इकाईधनीहरूलाई अत्यन्त जरुरी सूचना
एनएमबि म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही संचालित एनएमबि फिफ्टी (NMB Fifty) ले आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई कर सहित ३.१५ प्रतिशतका दरले, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ (NMB Sulav Investment Fund-II) ले आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले र एनएमबि हाईब्रिड फण्ड एल-२ (NMB Hybrid Fund L-II) ले आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई कर सहित ४.५ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय गरिएको जानकारी यहाँहरूलाई अवगत नै छ।
उक्त प्रतिफल इकाई धारण गरेका इकाईधनीहरूको हितग्राही खातामा अद्यावधिक भएको बैंक खाता विवरण बमोजिम IPS मार्फत जम्मा गरिने व्यहोरा जानकारी गराउँदछौं।
क्र.सं. योजनाको नाम प्रतिफल जम्मा गर्न शुरु हुने मिति
- एनएमबि फिफ्टी २०८३ भाद्र २४ गते बुधबारदेखि
- एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ २०८३ भाद्र २५ गते बिहीबारदेखि
- एनएमबि हाईब्रिड फण्ड एल-२ २०८३ भाद्र २६ गते शुक्रबारदेखि
नोट:
१. हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराउनु भएका इकाईधनी महानुभावहरूले बैंक खाता अद्यावधिक गराए पश्चात् मात्र प्रतिफल जम्मा गरिने व्यहोरा जानकारी गराउँदछौं। साथै, बैंक खातामा प्रतिफल (कर कट्टी पश्चात्) जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसारको कुनै शुल्क लाग्ने भएमा सो शुल्क इकाईधनीले नै व्यहोर्नु पर्नेछ।
२. एनएमबि म्युचुअल फण्ड अन्तर्गत परिपक्व भइसकेका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ (NMB Sulav Investment Fund I) र एनएमबि हाईब्रिड फण्ड एल -१ (NMB HYBRID FUND L-I) ले विगतका आर्थिक वर्षहरूमा वितरण गरेका प्रतिफल र लगानी रकम भुक्तानी लिन बाँकी रहेका इकाईधनीहरू तथा हाल परिपक्व भई खारेजी प्रक्रियामा रहेको एनएमबि फिफ्टी (NMB Fifty) र संचालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NMB Sulav Investment Fund II) ले विगतका आर्थिक वर्षहरूमा वितरण गरेको प्रतिफल लिन बाँकी रहेका इकाईधनीहरूले पनि यसै सूचनालाई आधार मानी यथाशीघ्र हितग्राही बैंक खाता अद्यावधिक तथा भौतिक प्रमाणपत्रको हकमा यस कम्पनीमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।
आफ्नो इकाई धितो राखेका इकाईधनी महानुभावहरूको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter वा स्वीकृति पत्र (Release Letter) अनिवार्य पेश गरे पश्चात् मात्र बैंक खातामा जम्मा गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराउँदछौं।
योजना व्यवस्थापक
एनएमबि क्यापिटल लिमिटेड



