
(NMBMF) एनएमबि लघुवित्तको तेस्रो त्रैमासमा २ करोड ७५ लाख नाफा, कमजोर अवस्थाबाट उल्लेखनीय सुधार(NMBMF) NMB Laghubitta Posts Strong Recovery in Q3 with Rs. 27.52 Million Profit
काठमाडौं, वैशाख २८ – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गर्दै २ करोड ७५ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ७ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको संस्थाले यस वर्ष ठूलो सुधार देखाएको हो।
नाफामा आएको वृद्धिको मुख्य कारण नेट इन्टरस्ट इनकम (कुल ब्याज आम्दानी) मा ५८.८८% वृद्धि हुनु हो, जुन १ अर्ब ७५ लाख बाट बढेर २ अर्ब ७८ लाख रुपैयाँ पुगेको छ। साथै, इम्पेयरमेन्ट चार्ज (कर्जा जोखिम व्यवस्थापन खर्च) ९०.६२% ले घटेर केवल २१ लाख रुपैयाँ मात्र रहेको छ, जसले संस्थाको मुनाफामा ठुलो भूमिका खेलेको देखिन्छ।
यसबीचमा कर्मचारी खर्च १२.१७% ले बढेर १ अर्ब ९८ लाख रुपैयाँ पुगेको छ, तर पनि संस्थाको सञ्चालन नाफा २ करोड ७४ लाख रुपैयाँमा उक्लिएको छ। अघिल्लो वर्ष सो अवधिमा संस्थाले ७ करोड ५० लाख रुपैयाँको सञ्चालन घाटा व्यहोरेको थियो।
कर्जा प्रवाहमा १७.९५% को वृद्धि देखिएको छ भने हाल संस्थाको कुल कर्जा रकम ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। यस्तै ग्राहक निक्षेप ९.३१% ले बढेर १ अर्ब ४५ करोड पुगेको छ। ऋण लिएको रकम पनि १६.६८% ले वृद्धि भई ३ अर्ब ९५ करोड पुगेको छ।
संस्थाको जम्मा पुँजीमा १.२५% को गिरावट आएको देखिए पनि जगेडा कोष ४.१३% ले वृद्धि भएको छ। रिटेन्ड अर्निङ (सञ्चित घाटा) अघिल्लो त्रैमासको -५ करोड ५ लाख रुपैयाँबाट घटेर -४ करोड ४४ लाख मा सिमित भएको छ, जसले घाटा क्रमशः घट्दै गएको देखाउँछ।
वित्तीय सूचकांकहरूमा पनि सकारात्मक सुधार देखिन्छ। एनपीएल (नपाएका कर्जा) अनुपात ८.२९% बाट घटेर ५.५९% मा झरेको छ, जुन ३२.५७% को सुधार हो। कोषको लागत (Cost of Fund) ९.७५% बाट घटेर ७.४५% मा झरेको छ। यद्यपि, पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १५.८४% बाट घटेर १३.९६% मा आएको छ, तर अझै पनि नियामक सीमा भित्रै छ।
यस त्रैमासमा प्रति सेयर आम्दानी (EPS) Rs. 5.15 पुगेको छ, अघिल्लो वर्षको Rs. -13.85 को घाटाबाट उल्लेखनीय सुधार हो। प्रति सेयर नेट वर्थ Rs. 132.19 पुगेको छ भने, त्रैमास अन्त्यको बजार मूल्य Rs. 740.50 रहेको छ। PE अनुपात 143.75 पटक पुगेको छ, जुन लगानीकर्ताको उच्च मूल्यांकन वा बजारको अत्यधिक आशावाद दुवै संकेत गर्न सक्छ।
KATHMANDU, May 10 – NMB Laghubitta Bittiya Sanstha Limited has made a remarkable financial turnaround in the third quarter of fiscal year 2081/82, reporting a net profit of Rs. 27.52 million, compared to a net loss of Rs. 74.93 millionduring the same period last year. This sharp recovery is largely driven by substantial growth in net interest income and a significant drop in impairment charges.
The company’s net interest income surged by 58.88% to Rs. 278.63 million, up from Rs. 175.37 million in Q3 2080/81. This improvement indicates better earnings from core lending activities. Moreover, impairment charges plunged by 90.62%, reducing to just Rs. 2.10 million, which contributed heavily to the reversal in profitability. The decline in provisioning suggests improved asset quality or successful recovery of previously non-performing assets.
Despite this improvement, personnel expenses rose by 12.17%, reaching Rs. 198.29 million, reflecting either expansion in staff or increased salary obligations. Nevertheless, the company’s operating profit rebounded to Rs. 27.48 million, from a massive operating loss of Rs. 75.01 million last year.
On the balance sheet front, total borrowings grew by 16.68% to nearly Rs. 3.96 billion, and customer deposits rose by 9.31% to Rs. 1.46 billion. These increases indicate stronger financial intermediation and growing customer trust in the institution. More notably, loans and advances rose by 17.95%, reaching Rs. 6.26 billion, which shows aggressive credit expansion during the review period.
While there’s a slight dip of 1.25% in paid-up capital, the company’s reserve fund increased by 4.13%, indicating improvement in internal financial strength. The retained loss has also narrowed from Rs. -50.57 million to Rs. -44.07 million, showing gradual recovery in accumulated earnings.
In terms of financial ratios, NMB Laghubitta’s NPL (Non-Performing Loan) ratio dropped significantly from 8.29% to 5.59%, a 32.57% improvement that indicates better credit quality. Similarly, the cost of fund reduced to 7.45% from 9.75%, reflecting cheaper financing costs. However, the capital adequacy ratio slightly declined from 15.84% to 13.96%, although it still remains above regulatory requirements.
The company’s Earnings Per Share (EPS) stood at Rs. 5.15, a major improvement from the previous negative EPS of Rs. -13.85. The net worth per share increased marginally to Rs. 132.19, and the quarter-end market price stood at Rs. 740.50, placing the Price to Earnings (P/E) ratio at a high 143.75 times, suggesting either high investor optimism or a need for caution due to overvaluation.




