गरिमा सुवर्ण योजना (Garima Subarna Yojana) का इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालन सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८१/०४/२६)
धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भई गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष “गरिमा म्युचुअल फण्ड” अन्तर्गतको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना (Garima Subarna Yojana)” मा सहभागी हुन इच्छुक लगानीकर्ताहरूलाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले मिति २०८१ साल श्रावण २६ गते मङ्गलबारदेखि योजनाका इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा ल्याइएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
अनलाइन प्रणालीमार्फत उपलब्ध हुने सुविधाहरू :
- इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी (Lump–sum Investment and Payment)
- व्यवस्थित लगानी योजना दर्ता (Systematic Investment Plan – SIP Registration)
- व्यवस्थित लगानी योजनाको किस्ता भुक्तानी (SIP Installment Payment)
- लाभांश पुनः लगानी योजना दर्ता (Dividend Reinvestment Plan – DRIP Registration)
- प्रणालीको दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापन (Registration, Login and Profile Management)
- इकाई पुनर्खरिद, SIP संशोधन तथा SIP रद्द (Unit Redemption, SIP Amendment and Cancellation)
साथै, माथि उल्लेखित सुविधाहरू बाहेकका अन्य अनलाइन सुविधाहरू क्रमशः थप गरिँदै लगिनेछन् । योजनासँग सम्बन्धित सम्पूर्ण सेवाहरू कमलपोखरी, काठमाडौँ स्थित योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको कार्यालय तथा गरिमा विकास बैंक लिमिटेडका देशभर फैलिएका शाखा कार्यालयहरूमा उपस्थित भई समेत प्राप्त गर्न सकिने व्यवस्था रहेको बेहोरा यसै सूचना मार्फत जानकारी गराउँदछौँ ।
योजनाको अनलाइन दर्ता तथा कारोबार प्रणाली प्रयोग गर्नका लागि लिङ्क :
https://gsym.garimacapital.com



