काठमाडौं — विदेशी मुद्राको सञ्चितिमा उल्लेख्य सुधार आएपछि नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै केन्द्रीय बैंकको सम्पत्ति करिब १ खर्ब ७० अर्ब रुपैयाँले बढेर भदौ मसान्तसम्ममा ४० खर्ब ४४ अर्ब रुपैयाँ नाघेको हो। यसरी बढेको कुल सम्पत्तिमध्ये ९६ प्रतिशत हिस्सा विदेशी मुद्राकै छ।
एकातिर केन्द्रीय बैंकको वासलात (ब्यालेन्ससिट) फैलिँदै गएको छ भने अर्कोतिर बजारमा चलनचल्तीमा रहेको नगद भने खुम्चिएको छ। असारको तुलनामा भदौसम्म आइपुग्दा बजारमा घुमिरहेको पैसा ७ अर्ब ६२ करोड रुपैयाँले घटेर ७ खर्ब ९४ अर्बमा सीमित भएको छ। सर्वसाधारणको हातमा हुने रकम घटे पनि यस अवधिमा सरकारले ढुकुटीमा जम्मा गर्ने निक्षेप भने १ खर्ब १५ अर्ब रुपैयाँले बढेर ३ खर्ब नाघेको छ।
राष्ट्र बैंकले विदेशी मुद्रालाई ढुकुटीमा निष्क्रिय नराखी विदेशी बजारमै लगानी गरेर प्रतिफल लिइरहेको छ। विवरणअनुसार केन्द्रीय बैंकले २७ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशी धितोपत्रमा लगानी गरेको छ भने करिब ६ खर्ब ४० अर्ब रुपैयाँ विदेशी बैंकहरुमा मुद्दती निक्षेपका रूपमा राखेको छ।
विदेशी मुद्राको सम्पत्तिमा भारी वृद्धि भइरहँदा स्थानीय मुद्राको सम्पत्तिमा भने सामान्य गिरावट देखिएको छ। त्यस्तै, राष्ट्र बैंकसँग अहिले करिब ९१ अर्ब ६७ करोड रुपैयाँ बराबरको सुनचाँदी रहेको छ। समग्रमा हेर्दा, राष्ट्र बैंकको वित्तीय आकार बढ्नुमा आन्तरिक अर्थतन्त्र चलायमान हुनुभन्दा पनि विदेशी मुद्राको प्राप्ति र त्यसको बाह्य लगानी नै मुख्य कारण देखिएको छ।
Kathmandu — Driven by a significant accumulation of foreign exchange reserves, the total assets and liabilities of the Nepal Rastra Bank (NRB) have surpassed Rs 4 trillion. In just the first two months of the current fiscal year (by mid-September), the central bank's total assets increased by approximately Rs 170 billion, reaching Rs 4.044 trillion. A staggering 96 percent of this total asset portfolio is composed of foreign currency.
Interestingly, while the central bank's balance sheet continues to expand, the physical cash circulating in the market has shrunk. Compared to mid-July, currency in circulation declined by Rs 7.62 billion, dropping to Rs 794 billion. Despite the decrease in cash held by the public, government deposits at the central bank surged by Rs 115 billion, exceeding Rs 300 billion during the same period.
Rather than keeping the foreign currency idle in its vaults, the NRB has been generating returns by investing it in international markets. According to the financial statements, the central bank has invested over Rs 2.743 trillion in foreign securities and placed approximately Rs 640 billion in fixed deposits across various foreign banks.
While foreign currency assets have seen massive growth, local currency assets have experienced a slight decline. Meanwhile, the central bank currently holds gold and silver reserves worth Rs 91.67 billion. Overall, the expansion of the NRB's financial footprint is primarily driven by foreign exchange acquisitions and external investments, rather than internal domestic economic mobilization.