
राष्ट्र बैंकद्वारा ६० करोड संस्थागत निक्षेपका लागि प्रस्ताव आह्वानNRB Calls for Institutional Deposit Proposals Worth Rs. 600 Million
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६० करोड रुपैयाँ संस्थागत निक्षेपका रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग गरेको छ। यो रकम ३६६ दिनको अवधिका लागि असार २९ गतेसम्म प्रस्ताव पेश गर्न सकिनेछ, जसमा वाणिज्य बैंकका लागि ४८ करोड, विकास बैंकका लागि ९ करोड र फाइनान्स कम्पनीका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ। प्रस्तावमा संस्थाले राख्न चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गर्नुपर्नेछ।
प्रस्ताव पेश गर्न चाहने संस्थाहरू कम्तीमा २ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्छ। साथै, न्यूनतम पूँजीकोष कायम गरेको, एनपीए ८% भन्दा कम, खुद एनपीए ३% ननाघेको, र खुद तरलता स्वदेशी निक्षेपको कम्तीमा २०% रहेको जस्ता मापदण्डहरू पूरा गर्नुपर्नेछ। जरिबाना, समस्याग्रस्त बैंक घोषणा वा शीघ्र सुधारात्मक कारबाहीमा नपरेको हुनु जरुरी छ। यो कदमले सुरक्षित निक्षेप लगानीमार्फत बैंकिंग प्रणालीमा स्थायित्व ल्याउने उद्देश्य राखेको छ।
Nepal Rastra Bank has invited proposals from banks and financial institutions to invest Rs. 600 million from the Grant and Pension Fund as institutional deposits. The deposit term is 366 days — from Shrawan 4, 2082 to Shrawan 4, 2083 — and proposals must be submitted by Ashad 29. Of the total amount, Rs. 480 million is allocated for commercial banks, Rs. 90 million for development banks, and Rs. 30 million for finance companies. Interested institutions must mention the desired deposit amount and interest rate in their proposals.
Eligible institutions must have completed at least two years of operation. They must also meet several financial criteria: maintain the minimum required capital (including buffer), have total NPLs below 8% and net NPLs below 3%, and possess a minimum 20% net liquid asset ratio against local deposits. Additionally, institutions must not have been penalized, declared problematic, or under regulatory action by NRB within the last six months. This move aims to ensure stable and secure placement of institutional funds within the banking system.




