काठमाडौँ — डिजिटल माध्यमबाट हुने वित्तीय ठगी रोक्न र पीडितको रकम तत्काल जोगाउन सञ्चालनमा ल्याइएको 'एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र' को हटलाइन नम्बर १२४७ मा सम्पर्क गर्न नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ। फिसिङ, नक्कली लिङ्क तथा अनधिकृत डिजिटल कारोबारजस्ता ठगीमा परे बिनाढिलाइ चौबिसै घण्टा खुला रहने उक्त नम्बरमा उजुरी दिन सकिने राष्ट्र बैंकले जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरो, सामाखुशीमा स्थापना गरिएको यस केन्द्रमा प्रहरी, बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधि एउटै कक्षबाट खटिएका छन्। यसअघि पीडितले प्रहरी, बैंक र वालेट कम्पनीमा छुट्टाछुट्टै धाउनुपर्दा समन्वयमा ढिलाइ भई ठगिएको रकम रोक्का गर्न कठिन हुने गरेको थियो। अब भने एउटै छातामुनि सरोकारवाला निकाय रहेकाले उजुरी पर्नेबित्तिकै शङ्कास्पद खाता रोक्का गर्न र अनुसन्धान अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय केवाईसी अद्यावधिक गर्ने, चिठ्ठा परेको प्रलोभन देखाउने र नक्कली लिङ्क पठाएर पासवर्ड तथा ओटीपी चोरी गर्ने प्रवृत्ति बढेकाले सचेत रहन राष्ट्र बैंकले सुझाव दिएको छ। ठगीमा परेको शङ्का लाग्नासाथ १२४७ मा उजुरी गर्नुका साथै सम्बन्धित बैंक वा वालेट कम्पनीमा कारोबार भएको समय, रकम, कारोबार नम्बर र शङ्कास्पद लिङ्कसहितको विवरण तत्काल उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।
Kathmandu — Nepal Rastra Bank (NRB) has urged the general public to immediately contact the hotline number 1247 of the newly operational 'Integrated Cyber Scam Response Center' if they fall victim to digital financial fraud. According to the central bank, victims of phishing, fake links, and unauthorized digital transactions can file complaints at any time through this 24-hour toll-free service to help freeze stolen funds promptly.
Established at the Nepal Police Cyber Bureau in Samakhusi, the center brings together representatives from the police, banks and financial institutions, digital wallets, and telecom service providers under a single roof. Previously, victims had to approach the police, banks, and wallet companies separately, causing delays in coordination that made it difficult to block transferred funds in time. With all stakeholders operating from one physical desk, authorities expect faster account freezes and smoother investigations as soon as a complaint is lodged.
With fraudsters increasingly using fake KYC update requests, lottery lures, and malicious links to steal passwords and One-Time Passwords (OTPs), the NRB has advised users to remain vigilant. Alongside reporting to 1247, the central bank has requested victims to immediately alert their respective banks or digital wallets with details such as the transaction time, amount, transaction ID, and any suspicious links or messages received.