दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओमा मागभन्दा ४.०२ गुणा बढी आवेदन परेको छ। सीडीएस अनुसार असार १८ गते बिहान ५:०६ बजेसम्म ५८ हजार ७९७ आवेदकले ११ लाख ७५ हजार २० कित्ताका लागि आवेदन दिएका छन्, जसको कुल रकम ११ करोड ७५ लाख रुपैयाँभन्दा बढी भएको छ।
कम्पनीले असार ९ गतेदेखि २ लाख ९१ हजार १५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम म्याद असार २३ गतेसम्म तोकिएको छ। शेयर बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटलले गरेको हो।





