लुम्बिनी विकास बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ६० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेका छन्। बैंकका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा कायम रहेको कुल ६० हजार ७ सय ९ कित्ता सेयर बेच्नका लागि बैंकको सञ्चालक समिति समक्ष निवेदन दिएका हुन्।
नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार यसरी बिक्रीमा राखिएको सेयर खरिद गर्ने पहिलो हक बैंकका हालका संस्थापक सेयरधनीहरूलाई नै हुनेछ। तसर्थ, उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको मिति (असोज २७ गते) ले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा पुग्ने गरी खरिद गर्न चाहेको विवरण खुलाएर लिखित निवेदन पेस गर्नुपर्नेछ।
यदि तोकिएको ३५ दिने म्यादभित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिदका लागि कुनै पनि लिखित जानकारी प्राप्त नभएमा भने उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने बाटो खुल्नेछ। बैंकका अनुसार, संस्थापकहरूबाट आवेदन नपरेको खण्डमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।
A promoter shareholder of Lumbini Bikas Bank Limited has put more than 60,000 promoter shares up for sale. Kishor Raj Pandey, a promoter shareholder of the bank, has submitted an application to the Board of Directors seeking approval to sell a total of 60,709 shares held in his name.
As per the provisions of Nepal Rastra Bank, the existing promoter shareholders hold the first right of refusal to purchase these shares. Therefore, interested existing promoters must submit a written application detailing their purchase intent to the bank's head office in Dillibazar, Kathmandu, within 35 days from the notice's publication date (Ashwin 27).
If no written applications are received from the existing promoters within the stipulated 35-day timeframe, the shares will be made available to other individuals or institutions. The bank stated that if the current promoters do not apply, the share sale process will proceed for other investors in accordance with the Bank and Financial Institutions Act, 2073, and the unified directives of Nepal Rastra Bank.