काठमाडौँ — मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहँदा तराईका अधिकांश भूभागसहित उपत्यका र नदी खोँचहरूमा हुस्सु तथा कुहिरो लागेको छ । देशका पहाडी तथा हिमाली क्षेत्रको मौसम भने सामान्यतया सफादेखि आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने अन्य क्षेत्रको आकाश मुख्यतया सफा रहनेछ । दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भेगका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित लुम्बिनीको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले उल्लेख गरेको छ ।
KATHMANDU — With the partial influence of westerly winds active across the country, mist and fog have blanketed most parts of the Terai, as well as valleys and river basins. Meanwhile, weather in the hilly and mountainous regions remains generally fair to partly cloudy, according to the Meteorological Forecasting Division under the Department of Hydrology and Meteorology.
According to the division, partly cloudy conditions are expected this afternoon in the hilly and mountainous regions of Koshi, Bagmati, Gandaki, and Lumbini provinces, while skies in the rest of the country will remain mainly clear. Scattered light rainfall and snowfall are forecast at one or two places in the hilly and mountainous areas of Koshi Province and the mountainous region of Gandaki Province during the afternoon.
Similarly, tonight will see partly cloudy skies in the hilly and mountainous regions of Koshi, Bagmati, and Gandaki provinces, along with the mountainous area of Lumbini Province. The division noted that the possibility of light rain and snowfall will persist at one or two locations in the high mountainous areas of Koshi and Gandaki provinces overnight.