·
प्रभु बैंकको ९.४७ लाख कित्ता बिक्रीमा: संस्थापक सेयरधनीका लागि मात्र
Author
Nepse trading

प्रभु बैंकले आफ्ना सेयरधनीको नाममा रहेको ९ लाख ४७ हजार २७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यो सेयर खरिदको अवसर हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्र सीमित गरिएको छ। यद्यपि, बैंकले यो सेयरको मूल्य भने अझै तोकेको छैन।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले फागुन २२ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ। यदि उक्त अवधिमा संस्थापक सेयरधनीबाट आवेदन प्राप्त भएन भने बैंकले अन्य व्यक्ति वा संस्थालाई समेत सेयर बिक्री खुला गर्ने जनाएको छ।